२१ मंसिर २०८२, आइतबार | Sun Dec 7 2025

कपिलवस्तुमा कटुवा पेस्तोलसहित फरार प्रतिबादी पक्राउ



मायादेवी अनलाइन, तौलिहवा ।

कपिलवस्तुमा कटुवा पेस्तोलसहित फरार प्रतिवादी पक्राउ परेका छन् । वडा प्रहरी कार्यालय चन्द्रौटाबाट खटिएको प्रहरी टोलीले शिवराज नगरपालिका ४ चनई बस्ने रिजिवान अलि शाहलाई मंसिर १९ गते शुक्रबार पक्राउ गरेको हो ।

शाह कपिलवस्तु जिल्ला अदालतबाट फैसला भएपछि फरार थिए । विशेष सुचनाको आधारमा शाहलाई शिवराज ५ चन्द्रौटा चोक स्थित सडकखण्डबाट लुकाई छिपाई राखेको भरुवा (पेस्तोल) सहित पक्राउ गरिएको निमित्त प्रवक्ता तथा सुचना अधिकारी दिपक कुँवरले जानकारी दिनुभयो । शाहलाई जिल्ला अदालत कपिलवस्तुबाट ७ दिनको म्यादथप गरी अनुसन्धान भैरहेको छ ।

प्रकाशित मिति : २१ मंसिर २०८२ आइतबार ००:००  ६ : ५३ बजे