२२ बैशाख २०८१, शनिबार | Sun May 5 2024

प्रदेश स्तरीय क्रिकेट : बुद्यम युथ क्लब र जयबुद्ध युवा क्लब विजयी



मायादेवी अनलाइन, वाणगंगा ।

कपिलवस्तुको बोडगाउँ स्थित मायादेवी रंगशालामा जारी सनराईज सामाजिक विकास मञ्चद्धारा आयोजित प्रदेश स्तरिय खुल्ला नकआउट क्रिकेट प्रतियोगिता अन्तर्रगत आज पनि दुई खेल भएका छन ।

आइतबार भएका दुई खेलमा बुद्यम युथ क्लब बैजलपुर र जयबुद्ध युवा क्लब विजयी भएका छन । प्रतियोगीता अन्तर्रगत भएको पहिलो खेलमा बुद्यम युथ क्लव वैजलपुरले सुर्योदय युवा क्लव बुङ्चिलाई १ सय १ रनले हराएको छ ।

टस हारेर पहिले ब्याटिङ सम्हालेको बुद्यम युथ क्लवले सुर्योदयका सामु २०५ रनको लक्ष्य प्रस्तुत गरको थियो । लक्ष्य पछ्याउँने क्रममा सुर्योदय अलआउट हुँदै १०४ रनमै सिमिति भयो । खेलमा मनोज ज्ञवाली म्यान अफ द म्याच घोषित भएका छन् उनले २७ रन दिएर ३ विकेट लिएका थिए ।

त्यस्तै दोस्रो खेलमा एरियल युवा क्लव गोलपार्क र जय बुद्ध युवा क्लव बीच प्रतिस्पर्धा भएको थियो । जसमा जय बुद्ध युवा क्लव १ सय १२ रनको फराकिलो अन्तरले विजयी भएको छ । टस जितेर पहिले ब्याटिङ रोजेको जय बुद्ध युवा क्लवले एरियल युवा क्लव गोलपार्कका सामु २ सय ३ रनको लक्ष्य प्रस्तुत गरेको थियो ।

जवाफि ब्याटिङमा उत्रिएको एरियल युवा क्लव अलआउट हुँदै ९१ रनमै सिमित भएको थियो । खेलबाट नेसद एडमट म्याच अफ द म्यान घोषित भएका छन् । उनले ४ ओभरमा ९ रन खर्चिदै ५ विकेट लिएको मिडिया संयोजक हरि घिमिरेले जानकारी दिनुभयो ।

जारी क्रिकेट प्रतियोगीता दिन प्रतिदिन प्रतिस्पर्धात्मक तथा रोचक बन्दै गएको छ । २८ टिम सहभागी प्रतियोगीतामा अहिले सम्म ८ खेल सम्पन्न भएका छन । यस्तै सोमबार पनि दुईओटा खेल हुनेछन् । पहिलो खेल परिवर्तनशिल युवा क्लव मधुवन र भक्तौली क्रिकेट क्लव भक्तौली बिच हुनेछ । यस्तै दोस्रो खेल अल स्टार स्पोर्ट क्रिकेट क्लव लमटैया र सुनौलो क्रिकेट क्लव बुटवल बिच हुने खेल संयोजक माधव पौडेलले जानकारी दिनुभयो ।

प्रतियोगीतामा प्रथम हुनेले रु १ लाख १ हजार शिल्ड तथा प्रमाणपत्र, द्धितीय हुनेले ५१ हजार शिल्ड तथा प्रमाणपत्र, तृतीय हुनेले १५ हजार शिल्ड तथा प्रमाणपत्र र सान्त्वना हुनेले ५ हजार शिल्ड तथा प्रमाण पत्र पुरस्कार प्राप्त गर्ने छन् । प्रतियोगिताको प्रथम पुरस्कार सौजन्य सिद्धार्थ गौतमबुद्ध ओभरसिजका संचालक तथा समाजसेवी कृष्ण कुँवरले गर्नुभएको छ ।

प्रकाशित मिति : ११ कार्तिक २०७५ आइतबार ००:००  १ : ५१ बजे