५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

रियलको शानदार जित, मिलीला पराजित



एजेन्सी ।
स्पेनिस फुटबल प्रतियोगिता कोपा डेल रे मा बुधबार राति भएको खेलमा रियाल मड्रिडले मिलीलालाई चार शुन्यले हरायो । तल्लो डिभिजनको क्लव मिलीला विरुद्ध जित निकाल्ने क्रममा रियलका लागि २८ औं मिनेटमा करिम बेन्जिमाले गोल गरे ।
पहिलो हाफको इन्जुरी समयमा मार्को एसेन्सियोले गोल गर्दै टिमको अग्रता दुई शुन्यमा र्पुयाए । ७९ औं मिनेटमा अल्भेरो ओड्रियोजोला गोल गरेपछि रियलले अन्तर तीन शुन्यमा र्पुयायो । खेलको इन्जुरी समयको दोस्रो मिनेटमा क्रिस्टो गोन्जालेजले रियलका लागि चौथो गोल गरे ।
रियल मड्रिडको लगातार खराब प्रदर्शनपछि मुख्य प्रशिक्षक स्पेनिस क्लब रियल मड्रिडले प्रशिक्षक जुलेन लोपेटेगीलाई बर्खास्त गरेको थियो । प्रशिक्षक लोपेटेगीको प्रशिक्षणमा रियलले लगातार खराब प्रदर्शन गरेपछि गएको सोमबार राति बसेको क्लबको कार्यकारी बैठकले उनलाई बर्खास्त गरेको हो ।
लोपेटेगीलाई बर्खास्त गरेसँगै रियलले बी टिमका प्रशिक्षक तथा पूर्व खेलाडी सान्टियागो सोलारीलाई अन्तरिम प्रशिक्षक नियुक्त गरेको छ ।

प्रकाशित मिति : १५ कार्तिक २०७५ बिहिबार ००:००  १ : ५८ बजे