५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

बार्सिलोनाको कठिन जित, कल्चरल लियोनीसा पराजित



एजेन्सी ।
स्पेनिस फुटबल प्रतियोगिता कोपा डेल रे मा बुधबार राति भएको खेलमा बार्सिलोना बार्सिलोनाले तेस्रो डिभिजनको क्लब कल्चरल लियोनीसालाई एक शून्यले हरायो ।
प्रिक्वाटरफाइनल प्रवेशका लागि भएको पहिलो लेगमा स्टार खेलाडी विना नै मैदानमा उत्रिएको बार्सिलोनाले १० खेलाडीमा झरेको कल्चरल विरुद्ध अन्तिम समयमा गोल गर्दा जित निकाल्यो ।
निर्धारीत ९० मिनेटसम्म गोलरहित बराबरी भएको खेलको इन्जुरी समयको पहिलो मिनेटमा सब्सिच्युट खेलाडी लेङलेटले हेडमार्फत गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाए । इन्जुरी समयकै चौथो मिनेटमा कल्चरलका सर्जियो मार्कुस दोहोरो पहेलो कार्ड पाउदै मैदानबाट बाहिरिए ।
त्यसपछि दुबै टिमबाट गोल भएन र बार्सिलोनाले कठिन जित हात र्पायो । अब दोस्रो लेग बार्सिलोनाको मैदानमा डिसेम्वर ५ तारिखमा हुनेछ ।

प्रकाशित मिति : १५ कार्तिक २०७५ बिहिबार ००:००  २ : ०२ बजे