५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

काराबाओ कप फुटबलमा म्यानचेस्टर सिटीले फुलह्यामलाई हरायो



एजेन्सी । 

म्यानचेस्टर सिटी इंग्ल्याण्डमा जारी काराबाओ कप फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । बिहीबार राति भएको खेलमा फुलह्यामलाई दुई शुन्यले हराउँदै सिटीले अन्तिम आठमा स्थान बनायो ।

घरेलु मैदान इतिहास स्टेडियममा भएको खेलमा सिटीको जितमा दुबै गोल ब्रहिम डियाजले गरे । खेलको १८ औं मिनेटमा डियाजको गोल मार्फत अग्रता बनाएको सिटीले पहिलो हाफसम्म सो अग्रता कायम राखेको थियो ।

६५ औं मिनेटमा पुनः डियाजले सिटीका लागि दोस्रो गोल गरे । त्यसपछि पाहुना टिम फुलह्याम खेलमा फर्कन सकेन र सिटीले क्वार्टरफाइनलमा स्थान बनायो । क्वार्टरफाइनलमा सिटीले लेस्टर वा साउथह्याम्टनबीचको विजेतासँग खेल्नेछ ।

प्रकाशित मिति : १६ कार्तिक २०७५ शुक्रबार ००:००  ५ : १० बजे