५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

पीपीएल क्रिकेटः पोखरामाथी धनगढीको रोमाञ्चक जित



पोखरा ।
पोखरा प्रिमियर लिग अन्तर्गत शुक्रबारको पहिलो खेलमा घरेलु टिम पोखरा पल्टन विरूद्द धनगढी ब्लुजले दुई विकेटको रोमाञ्चक जित हात पारेको छ । जितसँगै धनगढीले शीर्ष तीनमा पुग्ने संभावना कायमै राखेको छ । १४५ रनको लक्ष्य पछ्याएको धनगढीलाई जिताउन दीपेन्द्रसिंह ऐरीले कप्तानी पारी खेलेका थिए ।
२६ बल खेलेका दीपेन्द्रले ४ छक्का र ४ चौकासहित ४९ रनमा नट आउट रहे । यसैगरी पिटर टे«गोले ५३ तथा सुवेन्दु पाण्डेले २२ रन जोडेका थिए । बलिङतर्फ रासिद खानले चार तथा ललित राजंवशी र विक्रम भुसालले दुई दुई विकेट लिए ।
त्यसअघि घरेलु टोली पोखरा पल्टनले टस जितेर पहिला ब्याटिङ गर्दै ८ विकेटको नोक्सानीमा १४४ रन बनाएको थियो । पोखराका लागि रोहित पौडेलले सर्वाधिक ३१ रन बनाउँदा रविन्दर सिंहले २८ रन जोडे ।
आशिफ शेखले २३ रन जोड्दा रासिद खान १५ रनमा नट आउट रहे । कप्तान शरद भेषावकरले १४ रन बनाउँदा मोहम्मद नाभिद ११ रनमा आउट भएका थिए । बलिङतर्फ धनगढीका कमलसिंह ऐरीले चार तथा पिटर ट्रेगो, डेनीयल लरेन्स र रविन क्षेत्रीले एक एक विकेट लिए ।

प्रकाशित मिति : १६ कार्तिक २०७५ शुक्रबार ००:००  ८ : १५ बजे