४ जेष्ठ २०८१, शुक्रबार | Fri May 17 2024

प्रदेश स्तरीय क्रिकेटमा शुक्रबार कुन कुनले जिते ? शनिबार देखि क्वाटरफाईनल खेल हुने



मायादेवी अनलाइन, वाणगंगा ।
कपिलवस्तुको वाणगंगा ८ बोर्डगाउँ स्थित मायादेवी रंगशालामा जारी प्रदेश स्तरिय खुल्ला नकआउट क्रिकेट प्रतियोगितामा शुक्रबार भएको पहिलो खेल आयोजक टिम सनराईज सामाजिक विकास मञ्च विजयी भएको छ । खेल आयोजक ए र द वुद्ध ल्याण्ड मधौली बीच भएको थियो ।
टस जितेर बलिङ रोजेको आयोजकलाई द् वुद्ध ल्याण्डले ७ विकेट गुमाउदै ९६ रनको लक्ष्य प्रस्तुत गरेको थियो । लक्ष्य पछ्याउँने क्रममा आयोजक ए ८ विकेट गुमाउदै विजयी भएको हो । पहिलो खेलबाट महेन्द्र सुवेदी म्यान अफ द म्याच भएका छन् । उनले ६४ रन लिएका थिए ।
द राईजिङ क्लव र नव प्रगति क्रिकेट क्लव सुद्योेदन विच भएको दोस्रो खेलमा द् राईजिङ क्लव १३६ रनले विजयी भएको छ । टस जितेर व्याटिङ रोजेको द् राईजिङ क्लबले नव प्रगतिलाई १७५ रन लक्ष्य दिएको थियो । सो लक्ष्य पछ्याउँने क्रममा नव प्रगति क्रिकेट क्लवले अलआउट हुदै ३९ रन मा ल्याई हार ब्यहोरेको हो । दोस्रो खेलमा हेमन्त थापा क्षेत्री म्यान अफ द म्याच बन्न सफल भए । उनले ५ विकेट ल्याएका थिए ।
त्यस्तै तेस्रो खेलमा स्ट्याडर्ड टेलर क्रिकेट क्लव ९२ रनले विजयी भएको छ । टस जितेर बलिङ रोजेको स्टार स्पोर्ट क्लव लमटैयालाई स्ट्याडर्डले सबै ओभर पुरा गरि १३७ रनको लक्ष्य दिएको थियो ।
जवाफि ब्याटिङमा उत्रिएको स्टार स्पोर्ट १० दशमलव २ ओभरै सबै विकेट गुमाई ४४ रनमै सिमित भई हार ब्यरेको हो । तेस्रो खेलबाट नानु पौडेल म्यान अफ द म्याच बन्न सफल भए । उनले १९ रन ३ विकेट लिएको प्रतियोगिताका मिडिया संयोजक हरि घिमिरले जानकारि दिनुभयो ।
यस्तै भोलि पनि तिनओटा खेल हुनेछन् । पहिलो खेल बुद्धभुमी युथ क्लव र ज्ञानोदय गोल्ड आयोजक टि ए र द बुद्ध क्रिकेट क्लव बीच हुनेछ, दोस्रो खेल जय नेपाल क्रिकेट क्लव कृष्णननगर र खाँन ईलावेन क्रिकेट क्लव भैरहवा बीच हुनेछ ।
तेस्रो खेलबाट क्वाटरफाईनल सुरु हुने छ । परिवर्तनशिल युवा क्लव मधुवन र कपिलवस्तु क्रिकेट एकेडेमी बीच हुने प्रतियोगिताका खेल संयोजक माधव पौडेलले जानकारी दिनुभयो ।

प्रकाशित मिति : १६ कार्तिक २०७५ शुक्रबार ००:००  १ : ५५ बजे