५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

आर्सनलका पूर्व स्ट्राइकर निकोलसलाई ५० दिन जेल



एजेन्सी ।
इंग्लिस क्लब आर्सनलका पूर्व स्ट्राइकर निकोलस बेन्डनरलाई ५० दिनको जेल सजाय भएको छ । ट्याक्सी चालकलाई दुव्र्यवहार गरेको भन्दै निकोलसलाई अदालतले जेल सजाय सुनाएको हो ।
३० वर्षीय निकोलसले यही सेप्टेम्बर महिनामा ट्याक्सी चालकसँग झगडा गर्दै कुटपिट गरेको सीसीटीभीमा देखिएको थियो । हाल रोजेनबर्गबाट खेलिरहेका निकोलसलाई कोपनहेगनको जिल्ला अदालतले दोषी ठहर गर्दै जेल चलान गरेको हो । उनी आफ्नो न्यायका लागि उच्च अदालत जाने भएका छन । तर त्यो सुनुवाइ नहुँदासम्म उनी जेलमा नै बस्नुपर्नेछ ।
जिल्ला अदालतमा भएको बहसमा निकोलसले ट्याक्सी ड्राइभरलाई पिटेको स्वीकार गरेका थिए । तर उनले आफू असुरक्षित महसुस गरेकाले आत्मरक्षा गरेको बताएका थिए ।
उनले अदालतमा ट्याक्सी चालकले आफू र आफ्नी प्रेमिकालाई बोतल फालेको बताएका थिए । सन् २००५ देखि २०१४ सम्म आर्सनलबाट खेलेका उनले एक सय ७१ खेलमा ४५ गोल गरेका थिए । तर डेनमार्कको राष्ट्रिय टिमबाट उनी चोटका कारण रसिया विश्वकपको टिममा परेका थिएनन् ।

प्रकाशित मिति : १७ कार्तिक २०७५ शनिबार ००:००  ६ : २१ बजे