५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

बोडगाउँमा जारी प्रदेश स्तरिय क्रिकेट थप प्रतिस्पर्धात्मक बन्दै, शनिबार कुन कुन भए विजयी ?



हरि घिमिरे, वाणगंगा ।
कपिलवस्तुको वाणगंगा ८ बोडगाउँ स्थित मायादेवी रंगशालामा जारी प्रदेश स्तरिय खुल्ला नकआउट क्रिकेट प्रतियोगिता दिन प्रतिदिन प्रतिस्पर्धात्मक बन्दै गएको छ । खेल अवलोकन गर्न आउँनेको सङ्ख्या पनि बढ्दै गएको छ । शनिबारको तेस्रो खेलबाट क्वाटरफाईनल सुरु भएको हो । पहिलो खेलमा ज्ञानोदय गोल्ड विजयी भएको छ ।

टस जितेर बलिङ रोजेको बुद्धभूमि युथ क्लवलाई ज्ञानोदयले ७ विकेटको क्षतिमा १ सय १४ रनको लक्ष्य दिएको थियो । जवाफि ब्याटिङमा उत्रिएको बुद्धभूमि ७१ रनमै अलआउट हुँदै हार ब्यहोरेको हो । पहिलो खेलबाट अजय कौशल्य म्यान अफ द म्याच बन्न सफल भए । उनले २५ रन २ विकेट लिएका थिए ।

खाँन ईलावेन भैरहवा र जय नेपाल क्रिकेट क्लव बीच भएको दोस्रो खेलमा खाँन ईलावेन ५ विकेटले विजयी भएको छ । टस जितेर ब्याटिङ रोजेको जय नेपाल क्रिकेट क्लवले खाँन ईलावेनलाई १ सय ८ रनको लक्ष्य दिएकोमा खाँले ११ दशमलव १ ओभरमा ५ विकेटको क्षति ब्यहोर्दै विजयी भएको हो । दोस्रो खेलबाट रुपेश कुर्मी म्यान अफ द म्याच बन्न सफल भए । उनले ३४ रन तथा ३ विकेट लिए ।

त्यस्तै तेस्रो क्वाटरफाईलन खेलमा परिवर्तनशिल युवा क्लव मधुवन विजयी भएको छ । कपिलवस्तु ट्रेनिङ सेन्टर तौलिहवा र परिवर्तनशिल युवा क्लव मधुवन बिच भएको खेलमा टस जितेर बलिङ रोजेको परिवर्तनशिललाई ट्रेनिङ सेन्टरले १ सय ४ रनको लक्ष्य दिएको थियो ।

उक्त लक्ष्य पछ्याउँने क्रममा परिवर्तनशिलले ८ विकेटको क्षतिमा विजयी हात पारेको हो । तेस्रो खेलबाट अजय पाण्डे म्यान अफ द म्याच बन्न सफल भए । उनले ४६ रन लिएका थिए । सनराईज सामाजिक विकास मञ्चद्धारा आयोजित प्रतियोगिता प्रदेशमै सबैभन्दा बढि धनरासीको रहेको खेल संयोजक माधव पौडेले जानकारी दिनुभयो ।

प्रकाशित मिति : १७ कार्तिक २०७५ शनिबार ००:००  ३ : ३० बजे