३२ असार २०८३, बिहिबार | Thu Jul 16 2026

बिग बासमा सन्दिपको धमाका, एक ओभरमै दुई विकेट



काठमाडौं ।

बिग बासमा डेब्यू गरिरहेका नेपाली युवा लेग स्पिनर सन्दिद लामिछानेले धमाका मच्चाएका छन्। विश्व चर्चित अस्ट्रेलियाको विग ब्यास लिगमा लामिछानेले सिड्नी थन्डरका कप्तानसहित दुई विकेट लिएका हुन्।
आठौं ओभरमा व्यक्तिगत पहिलो ओभर लिएर आएका सन्दीपले दोस्रो बलमा शेन वाट्सनलाई २२ रनमा आउट गरेका हुन्। यस्तै सोही ओभरको अन्तिम बलमा सन्दीपले क्यालुम फर्गुर्सनलाई १५ रनमा कट एण्ड बोल्ड पारेका छन्। सन्दीपले पहिलो ओभरमा ३ रनमात्रै खर्चेर २ विकेट लिए।
यस्तै टोलीको लागि दशौं ओभरमा तथा आफ्नो व्यक्तिगत दोस्रो ओभर लिएर आएका सन्दीपले एक चौकासहित ६ रन खर्चिए।

प्रकाशित मिति : ६ पुस २०७५ शुक्रबार ००:००  ९ : ०८ बजे