५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

श्रीलंकाविरुद्धको दोस्रो टेष्ट पहिलो पारीमा न्यूजिल्याण्ड १७८ रनमा अल आउट



एजेन्सी ।

न्यूजिल्याण्ड र श्रीलंकाबीचको दोस्रो टेष्टको पहिलो दिनमा नै १४ विकेट पतन भएका छन् । टस हारेर ब्याटिङको निम्तो पाएको न्यूजिल्याण्ड पहिलो पारीमा मात्र एक सय ७८ रनमा अलआउट भयो । उसका एक खेलाडीले मात्र अर्धसतक बनाउन सके । जसमा टिम साउदीले ६८ रन बनाए भने वाटलिङले ४६ तथा रोस टेलरले २७ रनको योगदान गरे ।

न्यूजिल्याण्डको पारीलाई कम स्कोरमा रोक्न सुरंगा लकमलले ५ तथा लहिरु कुमाराले तीन विकेट लिए । जवाफमा श्रीलंकाले पनि पहिलो दिनको खेल सकिँदा ८८ रन बनाएर चार विकेट गुमाएको छ ।

उसका सुरुवाती चार खेलाडी सस्तैमा आउट भए । पहिलो दिनको खेल सकिँदा श्रीलंका ९० रनले पछाडी रहेको छ ।

प्रकाशित मिति : ११ पुस २०७५ बुधबार ००:००  ९ : ०१ बजे