५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

समयथानलाई राष्ट्रपति रनिङ शिल्ड शिवराजको प्रथम उपाधि



मायादेवी अनलाइन, चन्द्रौटा ।

शिवराज नगरपालिकामा जारी राष्ट्रपति रनिङ शिल्डको उपाधि समयथान मा.वि.खरेन्द्रपुरले जितेको छ । विभिन्न ३४ विधामा भएको खेलमा सर्वाधिक ६४ अंक प्राप्त गदै समयथान माबि रनिङ शिल्डको उपाधि हात पार्न सफल भएको हो ।

यस्तै  प्रतियोगीतको दोस्रो स्थान नेपाल आर्दश मा बि शिवपुरले हातपारेको छ । तेस्रो स्थानमा प्रकाश माध्यामिक बिद्यालय सुन्दरीडाँडा र राष्ट्रिय माध्यमिक विद्यालय चन्द्रौटाले सान्त्वना बन्न सफल भएका छन ।

५ दिन सम्म संचालनमा रहेको रनिंग शिल्ड प्रतियोगीतामा ५२ विद्यालयका छात्रछात्राले सहभागीता जनाएका थिए । प्राथमिक निम्न माध्यमिक र माध्यमिक गरी तीन तहमा संचालन भएको थियो । खेलमा सहभागी विद्यार्थीहरुको प्रतिभा प्रस्फुटन गराउदै उनीहरुलाई माथिल्लो स्तरको खेल सम्म पुयाउन प्रतियोगीता लाभदायक रहेको नगरपालिकाका शिक्षा शाखा अधिकृत पुर्ण विश्कर्माले बताउनुभयो ।

प्रकाशित मिति : १३ पुस २०७५ शुक्रबार ००:००  ३ : ५३ बजे