५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

शहीद स्मारक ए डिभिजन लिग फुटबल : पुलिसले हरायो थ्री स्टारलाई



काठमाडौँ ।
शहीद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत आज भएको दोस्रो खेलमा नेपाल पुलिस क्लबले थ्री स्टार क्लबलाई पराजित गरेको छ ।
ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा भएको खेलमा पुलिसले थ्री स्टारलाई ३–१ गोलअन्तरले पराजित गर्दै विजयी भयो । पुलिसको जितमा निरकुमार राई, अभिषेक रिजाल र भोला सिलवालले एक एक गोल गरे ।

त्यस्तै सुरुआती अग्रता भने थ्री स्टारले लियो । खेलको १३औँ मिनेटमा विदेशी खेलाडी आबाङ अलबर्टले गोल गर्दै थ्री स्टारलाई सुरुआती अग्रता दिलाए यता पनि त्यसलाई कायम गर्न नसक्दा थ्री स्टार पराजित हुन पुग्यो । खेलको २०औँ मिनेटमा पुलिसका निरकुमारले एक गोल फर्काउदै खेललाई बराबरीमा ल्याए ।

खेलको पहिलो हाफसम्म एक एक गोलको बराबरीमा रहेको खेलमा दोस्रो हाफमा पुलिसले दुई गोल थप्यो । खेलको ४७औँ मिनेटमा पाएको पेनाल्टीलाई सदुपयोग गर्दै अभिषेकले पुलिसको अग्रता दोब्बर बनाए ।

त्यसपछि खेलको ५५औँ मिनेटमा भोलाले आफ्नो एकल प्रयासमा गोल गर्दै पुलिसलाई ३–१ को सहज जित दिलाए । खेलमा पुलिसका अजित भण्डारी म्यान अफ दि म्याच घोषित भए । यसजितसँगै एघार खेल खेलको पुलिस १८ अङ्कका साथ तालिकाको पाँचौ स्थानमा उक्लेको छ । पराजित भएको थ्री स्टारले दोस्रो स्थानमा उक्लने मौका गुमायो । समान एघार खेलको थ्री स्टारको २३ अङ्क छ । रासस

प्रकाशित मिति : १३ पुस २०७५ शुक्रबार ००:००  ३ : ४० बजे