५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

इंग्लिस प्रिमियर लिगमा आज ६ खेल हुँदै



पौष १५ ।
इंग्लिस प्रिमियर लिग अन्तर्गत शनिबार राति ६ खेल हुँदैछन् । शनिबार राति शीर्ष स्थानको लिभरपुल र पाँचौं स्थानमा आर्सनलबीच खेल हुँदैछ । यो खेल नेपाली समय अनुसार सवा एघार बजे हुनेछ । आर्सनलविरुद्धको खेलमा जित हात पारेको खण्डमा लिभरपुलले तालिकामा नौ अंकको अग्रता बनाउने मौका पाउनेछ । हाल पाँचौं स्थानमा रहेको आर्सनलले जित हात पारेको खण्डमा भने कम्तिमा एक दिनका लागि चौथो स्थानमा उक्लिनेछ ।
१९ चरणका खेल सकिँदा लिभरपुल ५१ अंक जोड्दै शीर्ष स्थानमा छ भने आर्सनल ३८ अंक सहित पाँचौं स्थानमा छ । तालिकामा लिभरपुलभन्दा ६ अंकले पछि रहेको टोटनह्याम उल्झरह्याम्टनसँग खेल्दैछ । पौने नौ बजे हुने खेलमा जीत हात पार्दै टोटनह्याम शीर्ष स्थानको लिभरपुलसँगको दूरी छोट्याउन चाहन्छ ।
प्रिमियर लिगमा ब्राइटन एण्ड होभ र एभर्टन, लेस्टर सिटी र कार्डिफ सिटी तथा वाट्फोर्ड र न्यूक्यासल युनाइटेड पनि आज खेल्दैछन् । तीनैवटा खेल पौने नौ बजे हुनेछन् ।

प्रकाशित मिति : १४ पुस २०७५ शनिबार ००:००  ८ : २९ बजे