२३ बैशाख २०८१, आइतबार | Mon May 6 2024

मेयर ज्यू, नगरका गलत गतिबिधीमा कतै तपाईको प्रोत्साहन त छैन् ?



सञ्जय पन्थी ।
मेयर, मंगल प्रसाद थारु ज्यु,
म तपाई कै नगरको मतदाता हुँ । तपाई, लोकतान्त्रिक पार्टी नेपाली कांग्रेसको बफदार र निष्ठावान कार्यकर्ता हो । त्यसैले लोकतान्त्रिक चरित्र र मुल्य मान्यताका बारेमा स्वयंम जानकार नै हुनुहुन्छ । लोकतन्त्र सत्य र अहिंसामा आधारित ब्यवस्था हो, त्यही बुझाईले यहाँ हजुरलाई सम्बोधन गरेको छु ।
महोदय ज्यु,
‘अन्याय सहन गर्नु आफैमा हिंसा हो’ । बा.न.पा–८ बन्डौली आफ्नै घर पुग्दा सिंगो घर परिवारको सम्पत्ति किर्ते कागजमा कसैको निहीत स्वार्थका लागि बन्दकी राखेको देखे । घर परिवारलाई सोधे तर परिवारले २० बर्षका बन्दकी राख्न कसैलाई अनुमती नदिएको र त्यस्तो प्रमाण–पत्रमा हस्ताक्षर र लेप्चे नगरेको खुलासा भयो । तत्कालै त्यसको प्रतिवाद गरे । प्रतिवाद गर्दा छिमेकी एउटा नौ जवानबाट शारीरिक आक्रमणको प्रयास सहनु प¥यो । साथै आक्रमणको धम्की पनि । धम्कीले त्यसबखत म नाजवाफ हुनपुगे । साथैं मुर्ख र बेवकुफ पनि । जहाँ मनी, मसल र माफिया पावर चल्छ, त्यहाँ सुशासन र समाजको हक हितको कुरा गर्नु मेरो मुर्खता शिवाय अरु केही थिएन् ।
मेरो परिवारले समेत उक्त धम्कीलाई सामान्य रुपमा लियो । कारण, त्यही समाजमा बस्नुछ रे । समाजमा बस्नुछ, भन्दैमा अपराध र अनैतिक कर्मको साक्षी बस्नु मेरा अभिभावकलाई सामान्य र सहनयोग्य होला तर मेरा लागी सहनयोग्य छैन् । समाजमा अझैपनि बिवेक र सहनशिलतालाई निरिहताका रुपमा बुझिदो रहेछ । गाउँमा हिंसा संस्कृतिलाई प्रश्रय दिनु बहादुरी रहेछ । त्यो सबै ताण्डव देखेपछि आफ्नै गाउँमा आफैलाई असुरक्षित महशुस गर्दैं त्यसै दिन, साँझ कर्मक्षेत्र राजधानी फर्किए ।
बिवशताबश उक्त घटनालाइ स्थानीय स्तरमा सार्वजनिक गर्न सक्ने सामथ्र्य म संग रहेन् । गाउँ, समाज र छिमेक ‘मनि र मसल पावरका सामु निर्घात रहेछ ।
म आफै कलमजीवी । दशकौं अरुका अन्याय बिरुद्ध कलम चलाए । तर यतिबेला अन्यायको पीडा आफै भोगिरहेको छु । सत्यका पक्षमा बिधी, बिधान, निती र नियमको पालना हुनुपर्छ भन्ने मेरो पेशाधर्मिता हो । अञ्जानमा भएको गल्ती क्षम्य हुन्छ, तर जानाजान गरिएको कर्तुतलाई क्षमा गर्नु प्रोत्साहन गर्नु हो । निर्दाेष रहदा–रहदै मैले पाएको धम्कीले मन अझै बैचैन छ । अन्तर मनमा जिज्ञासा भैरह्यो, आखिर के गल्ती थियो मेरो ? तर जवाफ पाउन सकिरहेको छैन् । दुई, तीन दिनसम्म उक्त घटना विर्सिन खोजे । तर मन जलिरह्यो । आफै हुर्किएको गाउँमा अन्यायका बिरुद्ध आवाज उठाउँदा अनाहकमा र्दुब्यवहार र धम्कीले मानसिक यातना सहदाको पीडा शब्दमा शायदै ब्यक्त होला ।
मेरो घरमा पंचायतकालमा भुमीगत बस्ने मामा मोदनाथ प्रस्रितले भन्ने गरेको ‘शब्दको ज्ञान नभएकालाई बाहुबलबाट नै संसार चल्छ भन्ने घमण्ड हुन्छ । तर त्यसलाई कलमको मसी र कागज एक टुक्राले क्षणभरमा धुजा–धुजा पारिदिन्छ ।’ भनाइको यतिबेला साहरा लिदैछु ।
बानपा–८ वडाका अध्यक्ष गुणनीधि भुसाललाई फोन मार्फत घटनाको बिस्तृत जानकारी गराए । उनले घटना प्रति दुख व्यक्त जनाए । साथै न्यायका लागि ढोकामा पुग्दा आफ्नो साथ रहने विश्वास उनले दिलाए । उनले भने ‘बुढी मरीभन्दा पनि काल पल्कियो भन्ने चिन्ता हो ।’
त्यसपछि घटनाको स–बिस्तार सर्वोच्च अदालतका पूर्व एक श्रीमानलाई जानकारी गराए । श्रीमानले घटनालाई सामान्यीकरण नगर्न सुझायो । न्यायका लागि सम्बन्धित निकायमा पुग्न निर्देश गरे ।
मेयर ज्यु,
न्याय र अन्यायको लडाइमा जीत जस्को होस तर घटनालाई सार्वजनिक गरेर समाजको बेथिती उजागर गर्ने साहस गर्दैछु । घटना पुस १० गतेको हो, आफ्नै गाउँमा भएको जालसाजी एवं छद्म कार्यको म आफै साक्षी हुनपुगे । त्यस घटनाको पृष्ठभुमी र किर्ते कागजातको स–प्रमाण सहित तपाइलाई यो पत्र प्रेषित गर्दैछु ।
(तस्बीर–१, किर्ते साक्षीहरुको हस्ताक्षर)

पत्र प्रेषित गरिरहदा ०४८ सालमा कृषिमन्त्री रहनु भएकी आदरणीय स्व.दिदी शैलेजा आचार्यले सिंहदरवारमा अवस्थित कृषि मन्त्रालय भष्ट्रचारको जालोले भरिएको छ, भन्ने अभिब्यक्ती सहित राजीनामा दिएको संझिए । कृषि मन्त्रालयको भ्रष्ट्राचारको जालो मुलुक संघीय गणतन्त्रात्मक भैसक्दा गाउँ तहसम्म पुगेको अनुभव गर्दैंछु । गणतन्त्र ल्याउन मैले पनि कलम चलाएको स्मरण भयो अनि मलाइ अन्याय बिरुद्ध लड्न साहस जागेर पुर्नजागृत आयो ।
घटनाको पृष्ठभुमी र कारक, बाणगंंगा नपा–८ बन्डौली निवासी महत्वकांक्षी युवक राममणि पौडेल हुन् । रातारात धनाढ्य मेयर, संसद हुदै मन्त्री बन्ने गुप्त चाहना बुझ्न गाह्रो छैन् । उनको धुर्तयाइ र पहुँच देख्दा म आफै नतमस्तक छु । उनी आफुलाई दल संरक्षित कार्यकर्ता भन्न गर्व गर्छन् । लोकतन्त्र र समाजवाद मेरो पनि आस्था र विश्वास हो । तर समाजमा छलकपट र जालसाजीे क्रियाकलाप गर्न म असमर्थ छु । किनकी मेरो नैतिकताले दिदैन् । नेपाली कांग्रेसका संस्थापक नेता बीपी, किशुनजी, गणेशमान सिंह र महेन्द्र नारायण नीधिको आर्दश र चरित्रलाई स्रोेत मानेर अहिले पनि अध्ययन, अनुसन्धानरत छु । त्यसैले लोकतन्त्र र समाजबाद केहो मैले राम्रै संग बुझेको पनि छु । बीपीले भन्ने गरेको ‘गाउँको बिकास नै सच्चा समाजवाद हो ।’ परिवर्तनको अनुभव सोझा,सिधा र इमान्दार गाउँलेको अनुहारबाट गर्न सकिन्छ । भन्ने भनाइ संझिए ।
महत्वकांक्षी युवक राममणी दलमा कुन तहका कार्यकर्ता हुन मेरो चासोको बिषय हैन् । तर उनको क्रियाकलाप तस्बीर नंम्बरको कागजातको कर्मबाट प्रष्ट हुन्छ । जुन काम किर्ते हो ।
उनीराज्यको सुबिधा र अनुदान अप्रचलन गर्न ब्यस्त छन् । त्यसलाई अपराध संहिताले कस्तो दण्ड गर्ला नगर्ला उनैले जानुन् । उनी संलग्न संस्थाले राज्यको सम्पत्ति दुरुपयोग गरेका छन् । उनले किर्ते गरेको प्रमाण यतिबेला मस“ग छ । संस्थाको उद्देश्य निहीत ब्यक्तिका लागि पक्कै हैनन् ।
संस्था दर्ता ऐन, २०३४ अध्धयन गर्दा प्रस्ट हुन्छ नै । संस्था संचालनका लागि ऐन,नियम र बिधि बिधान छन् । नकी परिवारको तजबिज । राममणी राजनीतिका अतिरिक्त पारिवारिक अधिपत्यको बानपा–८ बोडगाउ“को कृषि बहुउद्देश्यीय सहकारी, ‘कपिलवस्तु नश्ल सुधार मुल कृषक समुह समिती’ जिल्ला पशु सेवा कार्यलय कपिलवस्तुबाट पंजीकृत कृषक समुह र आफै कार्यकारी अधिकृत रहेको एक निजी कृषि फार्म संचालन गरेर अबैध धन्दा संचालन गर्दै आएको खुल्न आएको छ । बाकी अनुसन्धान पछि सार्वजनिक गर्ने नैं छु ।
मेयर ज्यु,
उनले गरेका धन्दाको म मात्र हैन्, समाज साक्षी छ । हालै मात्र प्रदेश स्थित, भुमी ब्यवस्था कृषि तथा सहकारी मन्त्रालय बुटबलबाट कृषकहरुका तर्फबाट प्रस्तावका गरिएको बिज्ञापनमा उनले ‘कपिलवस्तु नश्ल सुधार मुल कृषक समुह समितीका तर्फबाट पशु पंक्षी (टर्की) पालन कार्यक्रम नामबाट करिब १३ लाख रुपैयाँ बजेटको कार्यक्रमका लागि समितीका अध्यक्ष राम बहादुर भुषालका तर्फबाट प्रस्ताव पेश गर्न लगाए । उक्तपरियोजनाको प्रस्ताव अध्ययन अनुसन्धान गर्दा उनको धन्दाको बारेमा सत्यता प्रकट हुन आएको छ । उनले बिकासका नाममा परियोजनाको प्रदेश सरकार अन्र्तगत भुमी ब्यवस्था कृषि तथा सहकारी मन्त्रालय बुटबलका लागि तयार गरिएका प्रस्ताव र किर्ते सही छाप गरी बनाइएका कागजातको प्रमाण म संग सुरक्षित छ ।
मेयर ज्यु,
तपाइले पनि उनको क्रियालापलाई अध्ययन नै नगरी नगरबाट पनि उनलाई अनुदान उपलब्ध गराएको जानकारी हुनआयो । मेरो अनुरोध छ, स्थानीय वडा अध्यक्षलाई रोहवरमा राखेर उक्त अनुदान कुन समाजमा कुन कामका लागि खर्च भएको छ, अनुगमन गरिदिनोस । साथै उनको परिवार संलग्न कृषि समुह र संस्थाहरुको अध्ययन पनि । उनले यसैगरी फर्जी र किर्ते कागजातका आधारमा सरकारी अनुदानका कार्यक्रम हात पार्दैं निहीत प्रयोजनका लागि अनुदान दुरुपयोग गर्दै आएका छन् ।
मेयर ज्यु,
संस्थाका अध्यक्ष राम बहादुर भुसालले परियोजनाका लागि सम्पूर्ण कागजात राममणी र उनका दाजुले तयार गरेको जानकारी गराए । जो कृषि कार्यलयका कर्मचारी हुन् । उनका दाजुलाई बर्तमान कृषि मन्त्रीका बलदेब खनालका भतिज एवं स्वकीय सचिव सरोज खनालले नजिकबाट चिन्छन् ।
कृषक समुह (संस्था) का अध्यक्ष राम बहादुर भुसालले उनका दाजु कृषि कार्यलयका कर्मचारी रहेको र यसअघि पनि कैयौं कार्यक्रम यसरी नै कागजी रुपमा मिलाउदै खाने गरेको बताए ।
उनले भने ‘पन्थी परिवारको जग्गा कागजी प्रयोजनका लागि मात्र हो ।’ कार्यक्रम कागजमा संचालन राख्न सक्ने हैसियत रामणीको परिवारमा छ । उनको पहुच राजनैतिक र प्रशासनिक तहमा माथिसम्म रहेकोले कसैले पनि केही गर्न नसक्ने भुसालको जिकिर छ ।
प्रस्तावित परियोजनाको अनुबन्धनको साक्षी राममणी पौडेल, पिता सूर्य प्रसाद पौडेल, र अन्य एक जना उनकै आफन्त छन् । उक्त समितीका अध्यक्ष भुसालका अनुसार कृषि कार्यालयका कर्मचारी राममणीका दाजुको निर्देशनमा परियोजनाको प्रस्ताव तयार गरिएको हो ।

प्रकाशित मिति : १८ पुस २०७५ बुधबार ००:००  ३ : १० बजे