२० बैशाख २०८१, बिहिबार | Fri May 3 2024

बिपिएलको दोस्रो दिन ३ खेल सम्पन्न



मनिष गुप्ता, कपिलवस्तु ।

कपिलवस्तुको बहादुरगंजमा चलि रहेको बिपिएल दोस्रो दिनको म्याचमा ६ टिमले भाग लिएका थिए । पहिलो म्याच कृष्णनगर र गोरूसिंगे बिच भएको थियो जसमा गोरूसिंगेले टस जितेर फिल्डिङ्ग रोजेको थियो ।

पहिलो ब्याटिङ्ग गर्दै कृष्णनगरले निर्धा्रित १४ ओभरमा ९४ रन बनाई ९५ रनको लक्ष्य गोरूसिगे लाई दिएको थियो । कृष्णनगरको तर्फ बाट दिपेन्द्रले ३० र दिपुले ११ रन बनाए । गोरूसिेको का तुफेलले ३ ओभरमा १९ रन खर्च गरेर ३ बिकेट  लिएका थिए । यस्तै जितेन्द्रले २ ओभरमा १० रन खर्च गर्दै ३ बिकेट लिएको थियो ।

दोस्रो म्याच सुखरामपुर र सुगानगर बिच भएको थियो जसमा सुखरामपुरले टस जिति पहिलो व्याटिङ्ग गर्दै निर्धा्रित १२ ओभरमा १०८ रन बनाएको थियो ।  सुगानगरले १० ओभरमा १०९ रन बनाई म्याच जितेको छ ।

तेस्रो म्याच शिवराज अस्पताल तथा जुमिला गाउँ बिच  भएको थियो । जसमा जुमिला पहिलो व्याटिङ्ग गर्दै निर्धारीत १२ ओभरमा ८ बिकेट गुमाई ५६ रन बनाउदै ५७ रनको लक्ष्य दिएको थियो ।जुनकि १ बिकेट गुमाउदै शिवराज अस्पतालले ४ अाेभरमै म्याच जितेकाे अयाेजक महेश देशमुखले जनाएका छन ।

प्रकाशित मिति : २४ पुस २०७५ मंगलबार ००:००  २ : २२ बजे