२० बैशाख २०८१, बिहिबार | Fri May 3 2024

टोटनह्यामले चेल्सीलाई हरायो



एजेन्सी । 

लिग कप अर्थात काराबाओ कप फुटबल अन्तर्गत सेमिफाइनलका खेल सुरु भएको छन् । सेमिफाइनलको पहिलो लेग अन्तर्गत मंगलबार राति भएको खेलमा टोटनह्यामले चेल्सीलाई हराएको छ ।

घरेलु मैदानमा भएको खेलमा माउरिसिओ पोकेटिनोको टिम टोटनह्यामले भ्रमण टोली चेल्सीलाई १–० ले हराएको हो । टोटनह्यामको जितमा पेनाल्टी मार्फत ह्यारी केनले २६ औँ मिनेटमा गरेको गोल नै निर्णायक बन्यो ।

अफसाइड तथा चेल्सीका गोलरक्षक केपा अर्रिजाबालागाले केनलाई गरेको फउलका लागि रेफ्री माइकल ओलिभरले भिडियो एसिस्टेन्ट रेफ्री (भिएआर) को सहयोगमा टोटनह्यामलाई पेनाल्टी दिएका हुन् । त्यसमा केनले गोल गरे ।

खेलमा माउरिजिओ सारी र पोकेटिनोको टिम दुवैले गोल गर्ने थप अवसरहरु बनाएका थिए, तर सफल भने हुन सकेनन् । सेमिफाइनलको दोस्रो लेग जनवरी २४ मा चेल्सीको मैदानमा हुनेछ ।

प्रकाशित मिति : २५ पुस २०७५ बुधबार ००:००  ३ : ३६ बजे