५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

पीएसजीले एमिन्सलाई तीन शून्यले हरायो



एजेन्सी । 

फ्रेन्च लिग वनमा पेरिस सेन्ट जर्मेनले आफ्नो अपराजित खेल संख्या १८ पुर्याएको छ । लिगको शीर्ष स्थानमा रहेको पीएसजीले एमिन्सलाई तीन शून्यले हरायो ।

पहिलो हाफ गोलरहित बराबरी भएका खेलको ५७ औं मिनेटमा इडिन्सन काभानीले गोल गर्दै पीएसजीलाई अग्रता दिलाए । इमिन्सका एलेक्सिस ब्लिनले डिबक्समा हातले बललाई छोएपछि पाएको पेनाल्टीलाई काभानीले गोलमा परिणत गरे ।

६६ औं मिनेटमा एमिन्सका डिफेन्डर खालिद एडिनन दोहोरो पहेलो कार्ड पाउँदै मैदानबाट बाहिरिएपछि १० खेलाडीमा झर्न पुग्यो । त्यसको तीन मिनेटपछि केलियन एम्बाप्पेले पीएसजीका लागि दोस्रो गोल गरे ।

यो सिजनमा १७ खेलमा १४ गोल गर्न सफल एम्बाप्पे पछि ७९ औं मिनेटमा मार्क्िवनोसले पीएजीका लागि तेस्रो गोल गरे । जितसँगै पीएसजीले १८ खेलबाट ५० अंक बनाएको छ ।

प्रकाशित मिति : २९ पुस २०७५ आइतबार ००:००  ३ : २२ बजे