५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

बर्नलेले रेलिगेशन जोनको फुलह्यामलाई हरायो



एजेन्सी ।
इंग्लिस प्रिमियर लिग फुटबलमा शनिबार राति भएका खेलमा १५औं स्थानको बर्नलेले रेलिगेशन जोनको फुलह्याममाथि २–१ गोलको जित निकालेको थियो । फुलह्यामले पहिलो हाफको दोस्रो मिनेटमै अग्रता लिए पनि जोगाउन भने सकेन ।
फुलह्यामका लागि एन्ड्यू स्योरलेले गोल गरेका थिए । बर्नलेले दुई गोल नै उपहार पाएको थियो । २० औं मिनेटमा जोय ब्रोएनले आत्माघाती गोल गरेपछि बर्नलेले खेल बराबरीमा ल्याएको थियो ।
त्यसको ३ मिनेट पछिनै फुलह्यामका डेनिस ओडवेले अर्को आत्माघाती गोल गरेपछि बर्नले २–१ को अग्रता बनाए । त्यसपछि बाँकी समयमा गोल नभएपछि त्यही आत्मघाति गोलको मद्दतले बर्नले विजयी हुन सफल भयो ।
यस्तै. कार्डिफ र हडल्सफिल्ड गोलरहित बराबरीमा रोकिँदा वाटफोर्डले क्रिष्टलमाथि २–१ को जित निकालेको थियो । त्यस्तै साउथ ह्याम्पटनले लेस्टर सिटिमाथि पनि २–१ को जित निकाल्न सफल भयो ।

प्रकाशित मिति : २९ पुस २०७५ आइतबार ००:००  ३ : २५ बजे