५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

सलाहको गोलले लिभरपुलको सहज जित



एजेन्सी ।
इंग्लिस प्रिमियर लिग फुटबलमा शीर्ष स्थानको लिभरपुलले ७ तालिकामा ७ अंकको अग्रता बनाएको छ ।
शनिबार राति १३ औं स्थानको ब्राइटनविरुद्ध १–० को जित निकाल्दै तालिकमा दोस्रो स्थानको म्यानचेस्टर सिटीसँगको अंक दूरी ७ पुराएको हो । पहिलो हाफ गोलरहित बराबरी खेलेको लिभरपुलले एक मात्र निर्णायक गोल दोस्रो हाफमा गरेको थियो ।
मोहमद सलाहले ५० औं मिनेटमा पेनाल्टीमार्फत गोल गरेका थिए । पेनाल्टी एरियामा मिडफिल्डर पस्कल ग्रसले सलाहलाई फल गरेपछि लिभरपुलले पेनाल्टी पाएको हो । त्यसपछि थप गोल हुन नसक्दा लिभरपुल विजयी भयो ।

प्रकाशित मिति : २९ पुस २०७५ आइतबार ००:००  ३ : २६ बजे