५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

लिभरपुललाई पछ्याउँदै सिटी, वुल्भ्समाथि ३–० को जित



एजेन्सी । 

इंग्लिस प्रिमियर लिग फुटबलमा गयराति म्यानचेस्टर सिटी विजयी भएको छ । राति भएको खेलमा जित सिटीले १० खेलाडीमा सीमित वुल्भ्सलाई ३–० ले हराउदै जित हासिल गरेको हो । सिटीको जितमा गाब्रिएल जिससले दुई गोल गरे । यो जितसंगै सिटीले शीर्षस्थानको लिभरपुलसँगको अंक दूरी चारमा छोट्याएको छ ।

१० औँ मिनेटमा जिससले गोल गर्दै सिटीलाई सुरुवाति अग्रता दिलाए । त्यसको ९ मिनेटपछि वुल्भ्सका विली बोलीले बर्नार्डो सिल्भासँगको ट्याकलका कारण सीधै रातो कार्ड पाएर मैदानबाट बाहिरिए ।

३९ औँ मिनेटमा पाएको पेनाल्टीमा जिससले व्यक्तिगत दोस्रो गोल गरे । पहिलो हाफमा २–० को अग्रता लिएको सिटीले दोस्रो हाफमा उपहार गोल पायो । ७८ औँ मिनेटमा वुल्भ्सका कोडीले आत्मघाती गोल गरेका हुन् । जितपछि दोस्रो स्थानको सिटीको २२ खेलबाट ५३ अंक भएको छ । शीर्षस्थानको लिभरपुलको ५७ अंक छ । २९ अंकसहित वुल्भ्स ११ औँ स्थानमा कायम छ ।

प्रकाशित मिति : १ माघ २०७५ मंगलबार ००:००  १२ : ३६ बजे