५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

नेपाल सामु थाइल्याण्ड निरिह, ३ ओभर ३ बलमा अल आउट



एजेन्सी ।
थाइल्याण्डमा जारी थाइल्याण्ड वुमन्स ट्वेन्टी–ट्वेन्टी स्माश क्रिकेटमा नेपाली टोलीले लगातार चौथो जित निकालेको छ । अर्थात नेपाली टोलीले समूह चरणका सबै खेलमा जित हात पारेको छ ।
लगातार तेस्रो जित निकाल्दै सेमिफाइनलमा स्थान पक्का गरेको नेपाली टोलीले बुधबार बिहान भएको समूह चरणको अन्तिम खेलमा थाइल्याण्ड ए लाई ९ विकेटले हराएको हो ।
पहिले ब्याटिङ्ग गरेको थाल्याण्ड ए ले नेपाल सामु २० रनको लक्ष्य प्रस्तुत गरेको थियो । निकै झिनो लक्ष्य नेपाली टोलीले मात्रै तीन ओभर तीन बलमा एक विकेटको क्षतिमा भेट्टायो ।
नेपालका लागि ममता चौधरीले ८, नेरी थापाले पाँच तथा डोली भट्टले दुई रन बनाए । पहिले ब्याटिङ्ग गरेको थाइल्याण्ड ए ले १५ ओभर ४ बलमा मात्रै १९ रन बनाएर सबै विकेट गुमायो ।

प्रकाशित मिति : २ माघ २०७५ बुधबार ००:००  ४ : २८ बजे