५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

रोनाल्डोले जिताए जुभेन्टसलाई सिजनको पहिलो उपाधि, हेड गोलले पायो चर्चा



एजेन्सी ।
क्रिष्टियानो रोनाल्डोले गरेको उत्कृष्ट हेड गोलले इटालियन सिरिएको लिग लिडर युभेन्टसले सुपरकोप्पाको इटालिएनाको उपाधि कब्जा गरेको छ । गयराति साउदी अरेबियाको जेद्दामा भएको फाइनल खेलमा युभेन्टसले एसी मिलानलाई १–० ले हराउदै उपाधिमाथि कब्जा जमाएको हो । जुन युभेन्टसको लागि आठौँ र धेरै पटक जित्ने कीर्तिमानी हो ।

यहि सिजन रियल मड्रिडबाट इटालियन क्लब आएका रोनाल्डोले युभेन्टसका लागि १६ गोल गर्ने क्रममा उपाधि दिलाए । एजेन्सीका अनसार रोनाल्डोको सपना सिरिए र च्याम्पियन्स लिग जिताएर २०१९ को फिफा बालो डियोर जित्ने छ । उनले गरेको हेड गोलको फेरि चर्चा हुन थालेको छ । रोनाल्डोले उत्कृष्ट हेड गरेपछि पोष्टतर्फ बढेको बललाई एसि मिलानका गोलरक्षकले नियन्त्रण गर्ने कुनै मौका पाएनन् ।

प्रकाशित मिति : ३ माघ २०७५ बिहिबार ००:००  २ : ०२ बजे