२२ बैशाख २०८१, शनिबार | Sat May 4 2024

तिलोत्तमा गोल्डकप फागुनमा गर्ने तयारी



बुटवल ।
मोफसलको प्रतिष्ठित तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगिताको २१ औं संस्करण फागुनमा गर्ने तयारी भएको छ । फागुन २ गतेदेखि प्रतियोगिता शुरु गर्ने निर्णय गरेको आयोजक रुपन्देही जिल्ला फुटबल संघका अध्यक्ष दीर्घबहादुर केसी ९कुमार० ले जानकारी दिए ।

प्रतियोगिताको तयारीका लागि एन्फा टेक्निकल सेन्टरको मैदान सम्याउने, प्याराफिट मर्मत गर्नेलगायतका काम शुरु भएका छन् । २०३१ सालमा स्थापना भएको तिलोत्तमा गोल्डकपको २१ औं संस्करणमा १० टीम सहभागी हुने अध्यक्ष केसीले बताए ।
प्रतियोगितामा ए डिभिजन क्लब, विभागिय टीमहरु, प्रदेश १ र ४ का टीम, भारतको सिक्किम क्लब सहभागी हुने छन् । जसअनुसार नेपाल आर्मी, एपीएफ, नेपाल पुलिस, थ्रीस्टार, मनाङ मस्र्याङ्दी, झापा ११, कास्की ११, आयोजक रुपन्देही ११, भारतको सिक्किम क्लबले सहभागिता जनाउने टुंगो लागिसकेको छ ।

‘हामीले पहिलो चरणमा कुराकानी गरिसकेका छौं, अरु देशलाई पनि सहभागी बनाउने उदेश्य छ, अध्यक्ष केसीले भने–अरु केही टीमलाई पनि सहभागी बनाउने प्रयासमा छौं ।’

यसपटक बिजेता पुरस्कार राशी १ लाख बढाएर ८ लाख ८८ हजार ८ सय ८८ पु¥याइएको छ । उपबिजेताले ५ लाख ५५ हजार ५ सय ५५ पाउने छन् भने उत्कृष्ट खेलाडीले मोटरसाईकल पाउने छन् ।

उत्कृष्ट गोलरक्षक, डिफेन्डर, मिडफिल्डर, सर्वाधिक गोलकर्तालगायतका विधामा उत्कृष्ट हुनेलाई जनही २५ हजार रुपैयाँ पुरस्कार प्रदान गर्ने र हरेक प्रतियोगिताको म्यान अफ दि म्याचलाई ११ हजार रुपैयाँले पुरस्कृत गर्ने अध्यक्ष केसीले बताए ।

प्रकाशित मिति : ४ माघ २०७५ शुक्रबार ००:००  ६ : ०० बजे