२२ बैशाख २०८१, शनिबार | Sat May 4 2024

‘ए’ डिभिजन लिगले फिफा अध्यक्षलाई दियो खुसी



काठमाण्डौँ ।
पाँच वर्षपछि नेपालमा फुटबलको लिग भएकोमा फिफा अध्यक्ष जियानी इन्फान्टिनोले खुसी व्यक्त गर्नुभएको छ । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको उपाधि विजेता मनाङ–मर्स्याङ्दी क्लबलाई बधाई दिने क्रममा फुटबलबाट सकारात्मक सन्देश दिन क्लब र फुटबल सङ्घले खेलेको भूमिकाको प्रशंसा गर्दै उहाँले खुसी व्यक्त गर्नु भएको हो ।

अखिल नेपाल फुटबल सङ्घ (एन्फा) का अध्यक्ष कर्माछिरिङ शेर्पालाई शुक्रबार पत्र पठाउँदै फिफा अध्यक्ष इन्फान्टिनोले कीर्तिमानी आठौँपटक लिग जितेको मनाङलाई शुभकामना सन्देश दिएको एन्फाले जनाएको छ । इन्फान्टिनोले लिग विजेता टोलीका खेलाडी, प्रशिक्षक, प्राविधिक, व्यवस्थापक र मेडिकल टोलीका सदस्यका साथै सम्पूर्ण खेल प्रशंसकलाई शुभकामना एवं बधाई ज्ञापन गरेका गर्नुभएको छ । लिग गत असोज १३ देखि लिग फुटबल सुरु भई गएको पुस २४ गते सम्पन्न भएको थियो ।

प्रकाशित मिति : ५ माघ २०७५ शनिबार ००:००  १ : ५२ बजे