२२ बैशाख २०८१, शनिबार | Sat May 4 2024

चौधौँ ढोरपाटन भलिबल च्याम्पियनशिप आजदेखि, नौ क्लवले खेल्दै



बाग्लुङ, ढोरपाटन
चौधौँ संस्करणको ढोरपाटन महिला भलिबल च्याम्पियनशिप शनिबारदेखि सुरु हुँदैछ । विभागिय क्लवसहित नौ क्लबले प्रतिस्पर्धा गर्ने प्रतियोगितामा आज उद्घाटन खेलमा मकवानपुर र सेब स्कूल तथा त्रिभुवन आर्मी क्लब र श्री गाउँ खेलकुद विकास समिति दाङबिच खेल हुनेछ । आयोजक ढोरपाटन स्पोर्टस क्लबले आयोजना गरेको प्रतियोगिता नयाँ बसपार्कस्थित ढोरपाटन क्लबको भलिबल कोर्टमा हुने छ । आजदेखि सुरु भएर माघ १९ गतेसम्म चल्ने प्रतियोगितामा नेपाल एपिएफ क्लब, न्यू डायमण्ड एकेडमी, त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, श्री गाउँ स्पोर्टस विकास कमिटी, चितवन टाइगर्स, थ्री स्टार एकेडमी, सेब स्कूल र थाहा नगरपालिका मकवानपुरले प्रतिस्पर्धा गर्नेछन् ।

विजेताले तीन लाख ५० हजार, उपविजेताले दुई लाख र तेस्रो हुनेले एक लाख पुरस्कार पाउनेछन् । यस्तै चौथो हुनेलाई ६० हजार, पाँचौँ हुनेलाई ४० हजार, छैटौँ हुनेलाई ३० हजार तथा सातौँ हुने टोलीले २० हजार पुरस्कार दिइने आयोजक क्लबका अध्यक्ष मनवीर छन्त्यालले जानकारी दिनुभयो ।

व्यक्तिगत विधातर्फ उत्कृष्ट खेलाडी, उदीयमान खेलाडी, वर्ष खेलाडी, प्लेयर अफ दि सिरिज र एक जना भाग्यमानी दर्शकले एक–एक थान सुजुकी स्कुटर पाउनेछन् । त्यस्तै उत्कृष्ट स्पाइकर, उत्कृष्ट डिफेण्डर, उत्कृष्ट ब्लकर, उत्कृष्ट सर्भर, उत्कृष्ट सेटर र उत्कृष्ट प्रशिक्षकलाई ६–६ हजार पुरस्कार प्राप्त गर्ने अध्यक्ष छन्त्यालले जानकारी दिनुभयो ।

प्रकाशित मिति : ५ माघ २०७५ शनिबार ००:००  २ : ०५ बजे