२२ बैशाख २०८१, शनिबार | Sat May 4 2024

कृष्णनगरलाई वडास्तरिय क्रिकेटको उपाधि



प्रिन्स मिश्र, कपिलवस्तु, (गणेशपुर) ।
वडास्तरिय क्रिकेटको उपाधि कृष्णनगर लायन्सले जितेको छ । बिजयनगर ७ गणेशपुरमा पुस २५ गते देखि संचालनमा रहेको वडास्तरिय क्रिकेटको उपाधि कृष्णनगर लायन्सले जितेको हो । वडास्तरिय क्रिकेटको फाइनलमा गणेशपुर र कृष्णनगर लायन्स भिडेका थिए ।
जसमा लायन्सका दिपु ३२, सरताज २० र इमरानले १७ रनको योगदान दिए । लायन्सले गणेशपुरलाई निर्धारित १६ ओभरमा १२५ रन बनाउँदै १२६ रनको लक्ष्य प्रस्तुत गरेको थियो ।
जसमा गणेशपुरले १६ ओभरमा ९४ रन बनाएर पराजित भयो । यो संगै ३४ रनको अन्तरले लयन्सले उपाधि जितेको हो । स्टार क्रिकेट युवा क्लबले सहअयोजना गरेको वडा स्तरिय क्रिकेटमा प्रथम कृष्णनगर लयन्सलाई नगद रू १५ हजार सहित बिजेताको उपाधि र दृतीय गणेशपुरलाई नगद १० हजार सहित उपबिजेताको उपाधिले सम्मानित गरिएको अयोजकले जनाएको छ ।
वडास्तरिय क्रिकेटको समापन कार्यक्रमको प्रमुख अतिथि बिजयनगर गाउँपालिकाका प्रमुख गोपाल थापाले ७ वटै वडामा क्रिकेट ग्राउन्ड र प्रदेश स्तरिय खेल मैदान बनाउने योजना रहेको बताउनु भएको छ । वडाले युवाहरूको उत्साह बढाउन र युवाहरूको खेल प्रति वडा बटा ५० हजार छुट्टाईएको वडाध्यक्ष दिनेश चौधरीले जनाउनुभएको छ ।
कार्यक्रममा बिशिष्ठ अतिथि गणेशपुर इप्रका प्र.नि. नवीन पौडेल, अतिथिमा वडा नं. ५ अनवर मो. मुसलमान, श्याम प्रसाद चौधरी, तरूण दल कपिलवस्तुका जिल्ला सचिव अमर पौडेल लगायतको सहभागिता रहेको कार्यक्रमको संचालन दिपक भण्डारीले गर्नुभएको थियो ।

प्रकाशित मिति : ५ माघ २०७५ शनिबार ००:००  १ : ३३ बजे