२२ बैशाख २०८१, शनिबार | Sat May 4 2024

आफ्नै मैदानमा फुलह्यामको पराजय



एजेन्सी । 

इंग्लिस प्रिमियर लिग अन्तर्गत आइतबार राति भएको खेलमा टोटनह्याम विजयी भएको छ । फुलह्यामको मैदानमा भएको खेलमा टोटनह्यामले घरेलु टिमलाई २–१ ले पराजित र्गयो । ह्यारी विंक्सले इन्ज्युरी समयमा गोल गरेपछि टोटनह्याम तीन अंक जोड्न सफल भयो ।

१७औं मिनेटमा लोरेन्टेले आत्मघाति गोल गरेपछि फुलह्यामले अग्रता लिएको थियो । जुन अग्रता पहिलो हाफभरी कायम रह्यो । ५१औं मिनेटमा डेली अल्लीको गोलमार्फत टोटनह्याम खेलमा फर्कियो । इन्ज्युरी समयको तेस्रो मिनेटमा विंक्सले गोल गरेपछि टोटनह्याम विजयी भयो ।

जितसँगै टोटनह्यामले शीर्ष स्थानको लिभरपुलसँगको दूरी नौ अंक कायम राखेको छ । फुलह्याम भने १४ अंकसहित १९ औं स्थानमा छ ।

प्रकाशित मिति : ७ माघ २०७५ सोमबार ००:००  २ : ३६ बजे