२२ बैशाख २०८१, शनिबार | Sat May 4 2024

बार्सिलोनाको शीर्ष स्थानको यात्रा कायमै



एजेन्सी ।
स्पेनिस ला लिगामा बार्सिलोनाले शीर्ष स्थानको यात्रा कायम राखेको छ । आइतबार राति भएको खेलमा बार्साले लेगानेसलाई ३–१ ले हरायो । क्याम्प नोउमा भएको खेलमा बार्सिलोनालाई जित दिलाउनका लागि लुइस स्वारेज, ओशमान डेम्बेले र लियोनल मेस्सीले गोल गरे ।
जितसँगै बार्सिलोनाले तालिकामा पाँच अंकको अग्रता कायम राखेको छ । कोपा डेल रे अन्तर्गत हुन लागेको सेभियाविरुद्धका खेलका लागि भनेर प्रशिक्षक अर्नेस्तो भाल्भार्डेले लियोनल मेस्सीलाई आराम दिएका थिए ।
ओश्मान डेम्बेलेको पहिलो हाफको अग्रतालाई मार्टिन ब्रेइथवेटले बराबरी गोल गरेका थिए । खेलको एक घण्टापछि बेञ्चमा रहेका मेस्सी मैदान प्रवेश गरे । मैदान आउनेबित्तिकै मेस्सीले डिबक्सको बाहिरबाट उत्कृष्ट प्रहार गरे पनि गोल हुन सकेन ।
७१औं मिनेटमा लुइस स्वारेजले गोल गर्दै बार्सिलोनालाई फेरि अग्रता दिलाए । इन्ज्युरी समयमा मेस्सीले पनि गोल गरेपछि बार्सिलोना ३–१ ले विजयी भयो ।
बार्सिलोनाले ४६ अंक बनाएको छ । दोस्रो स्थानको एट्लेटिको मड्रिडको ४१ अंक छ । लेगानेस भने २२ अंकसहित १४औं स्थानमा छ ।

प्रकाशित मिति : ७ माघ २०७५ सोमबार ००:००  २ : ३७ बजे