५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

बहराइनलाई पराजित गर्दै दक्षिण कोरिया क्वार्टरफाइनलमा



एजेन्सी ।
एसियन कप फुटबल प्रतियोगितामा दक्षिण कोरिया क्वार्टरफाइनलमा प्रवेश गरेको छ । मंगलबार राति भएको खेलमा बहराइनमाथि २–१ गोल अन्तरले पराजित गर्दै अन्तिम आठमा स्थान सुरक्षित गरेको हो ।
कोरियाले जित निकाल्न अतिरिक्त समयमा गरेको गोल नै निर्णायक भएको थियो । निर्धा्रित ९० मिनेटको खेलमा दुवै टिमले एक–एक गोल गरे पछि ३० मिनेट समय थपिएको थियो । जसमा १०७ औं मिनेटमा किम जीन सुले गरेको गोलले नै कोरियालाई पुर्याउन पर्याप्त भयो ।
निर्धा्रित समयको ह्वाङ ही चानले ४३ औं मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए । एक गोलले पछि परेको बहराईनले ७७औं मिनेटमा बराबरी गोल गरेको थियो । बहराइनका मोहम्द अल रोमाहीले बराबरी गोल गरेका थिए ।

प्रकाशित मिति : ९ माघ २०७५ बुधबार ००:००  ३ : १६ बजे