२१ माघ २०८२, बुधबार | Wed Feb 4 2026

१०–० को जित निकाल्दै सिटी फाइनलमा



एजेन्सी,

बुर्टनमाथि समग्रमा १०–० को जित निकाल्दै म्यानचेस्टर सिटी लिग कप अर्थात काराबाओ कप फुतबलको फाइनलमा प्रवेश गरेको छ ।

सेमिफाइनलको दोस्रो लेग अन्तर्गत बुधबार राति भएको खेलमा लाई १–० ले हराउँदै पेप गार्डिवलाको टिम सिटीले लिग कपको फाइनलमा समग्रमा १०–० को जितसहित स्थान पक्का गरेको हो ।

घरेलु मैदानमा भएको पहिलो लेगमा ९–० को जित निकालेको सिटीले बुधबार राति अवे मैदानमा भएको खेलमा १–० को जित निकालेको हो । दुई लेगमा गरेर बुर्टनले १० गोल खाँदा एक गोल पनि फर्काउन सकेन ।

दोस्रो लेगमा सिटीको जितमा २६ औँ मिनेटमा सर्जियो अग्युरोले गरेको गोल नै निर्णायक बन्यो ।इएफएल वा लिग कप वा काराबाओ कपको साबिक विजेता सिटीले यो सिजनको उपाधिका लागि आउँदो फेब्रुअरी २४ मा चेल्सी वा टोटनह्यामसँग प्रतिस्पर्धा गर्ने छ ।

प्रकाशित मिति : १० माघ २०७५ बिहिबार ००:००  १ : ०७ बजे