५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

रोनाल्डोको कारण हिगुइनले युभेन्टस छोडेका हुन् त ?



एजेन्सी ।

इंग्लिस प्रिमियर लिग क्लब चेल्सीले इटालियन सिरी ए क्लब युभेन्टसबाट स्ट्राइकर गोन्जालो हेगुइनलाई अनुबन्धित गरेको छ ।

चेल्सीले हेगुइनलाई लोनमा क्लब ल्याएको हो र उनलाई ३६ मिलियन युरोमा क्लबमै राख्न पाउने प्रावधान पनि छ । यस्तै हेगुइनको लोन अवधि १८ मिलियन युरोमा सन् २०२० को जुनसम्म लम्ब्याउन सक्ने विकल्प पनि चेल्सीसँग छ ।
३१ वर्षका हेगुइनले यो सिजनको पहिलो हाफमा लोनमा इटालियन क्लब एसी मिलानमा बिताए । उनले एसी मिलानबाट २२ खेलमा ८ गोल गरे ।

चेल्सीले आफूलाई प्रस्ताव गर्नु उत्कृष्ट अवसर रहेको हेगुइनले बताएका छन् । लामो इतिहास भएको, राम्रो रंगशाला र सबैभन्दा ठूलो कुरा आफूलाई मन पर्ने प्रिमियर लिग खेल्ने क्लब भएकाले अनुबन्धित भएको हेगुइनले बताएका छन् ।

अनुबन्धनको डेडलाईन बुधबार मध्याहन्नसम्म सम्झौताको प्रक्रिया पूरा नभएकाले हेगुइनले बिहीबार लिग कप अर्थात काराबाओ कप अन्तर्गत सेमिफाइनलको दोस्रो लेगमा टोटनह्यामविरुद्धको खेलमा मैदानमा हुने छैनन् ।
रोनाल्डो युभेन्टसमा गएपछि सुरुदेखि नै उनको कुरा नमिलेको मिडियामा आएको थियो ।

प्रकाशित मिति : १० माघ २०७५ बिहिबार ००:००  १ : ११ बजे