५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

नेइमारले रुँदै मैदान छोडे, युनाइटेडसंगको खेल अनिश्चित



एजेन्सी ।
फ्रेन्च लिग वान लिडर क्लब पेरिस सेन्ट–जर्मेन (पिएसजी) का स्टार खेलाडी नेइमारलाई ठुलो चोट लागेको छ । बुधबार राति फ्रेन्च कप अन्तर्गत स्ट्रासबर्ग्विरुद्धको खेलमा उनलाई गम्भिर चोट लागेको हो । चोटले ग्रस्त नेइमार ६० औँ मिनेटमा आँसु झार्दै मैदानबाट बाहिर निस्किएका छन् । यसले सबैमा चिन्ता सिर्जना गरेको छ ।

स्ट्रासबर्ग्विरुद्धको खेलमा २–० को जित निकाले पनि यो जितले पिएसजीलाई खुसी दिन सकेकन । पिएसजीको जितका लागि एडिन्सन काभानी र एन्जल डी मारियाले गोल गरे । तर राम्रो खेल खेल्दाखेल्दै पनि नेइमार दोस्रो हाफमा मैदानमा नराम्रोसंग लडेपछि उनको गोलीगाँठोमा गम्भीर चोट लागेको हो ।

यसले गर्दा पिएसजीलाई ठुलो धक्का लाग्ने देखिएको छ । किनभने उनले अब च्याम्यिनस लिगका खेही खेल खेल्न पाउने छैन्न् । किनभने च्याम्पियन्स लिग फुटबल अन्तर्गत अन्तिम १६ को पहिलो लेगमा म्यानचेस्टर युनाइटेडसँग तिन हप्तापछि प्रतिस्पर्धा गर्दैछ । उनी अब खेल्न पाउँछन् या पाउँदैनन् निश्चित छैन । यसले उनलाई चिन्तामा पारेको छ र पिएसजीलाई पनि । पिएसजीले आउँदो फेब्रुअरी १२ मा अन्तिम १६ को पहिलो लेगमा युनाइटेडसँग खेल्दै छ । उनले पिएसजीको लागि २० गोल गरिसकेका छन् ।

प्रकाशित मिति : १० माघ २०७५ बिहिबार ००:००  १ : ४२ बजे