५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

जापान र इरान एसियन कप फुटबलको सेमिफाइनलमा प्रवेश



एजेन्सी ।
जापान एसियन कप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । यूएईमा जारी प्रतियोगिता अन्तर्गत बिहीबार राति भएको खेलमा जापानले भियतनामलाई १–० गोल अन्तरले पराजित गर्दै अन्तिम चारमा स्थान सुरक्षित गरेको हो ।
पहिलो हाफमा दुवै टिमले गोलरहित बराबरी खेले पनि निर्णायक गोल जापानले दोस्रो हाफमा गरेको हो । भियतनामका खेलाडीले डिबक्सभित्र फल गरेपछि पाएको पेनाल्टीलाई जापानले गोलमा परिणत गरेको हो ।
जापानका लागि ५७ औं मिनेटमा रिट्सु डुवानले पेनाल्टी मार्फत गोल गर्दै सुरुआती अग्रता दिलाएका थिए । त्यसपछि निर्धारित समयमा थप गोल नभएपछि जापान पेनाल्टी गोलको साहराले सेमिफाइनलमा स्थान बनाउन सफल भयो ।
यस्तै इरान पनि एसियन कपको सेमिफाइनलमा प्रवेश गरेको छ । बिहीबार राति चीनलाई ३–० ले हराउँदै इरान सेमिफाइनलमा प्रवेश गरेको हो । अब इरानले सेमिफाइनलमा जापानसँग हुनेछ ।

प्रकाशित मिति : ११ माघ २०७५ शुक्रबार ००:००  ४ : १५ बजे