५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

नेपालको खराब प्रदर्शन, युएईलाई ११४ रनको लक्ष्य



काठमाडौं ।
युएईविरुद्धको पहिलो एक दिवसीय क्रिकेटमामा नेपालले खराब सुरुवात गरेको छ। टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले राम्रो ब्याटिङ गर्न सकेन। नेपालले युएइलाई ३३।५ ओभर खेलेर ११३ रन बनाउँदै ११४ रनको लक्ष्य दिएको छ। अब युएइले जावाफी ब्याटिङ गर्नेछ। नेपालका लागि कुनै पनि खेलाडीले राम्रो स्कोर बनाउन सकेनन्। नेपाली बलर सोमपाल कामीले सबैभन्दा बढी ३० रन बनाए। आरिफ शेखले २५ र पारस खड्काले २० रन बनाए। सन्दीप लामिछानेले १५ रन बनाए। नेपालका ओपनर ज्ञानेन्द्र मल्ल शून्य रनमै आउट भए। दिपेन्द्रसिंह ऐरी र बसन्त रेग्मीले पनि खाता खोल्न सकेनन्। अरुले दोहोरो अंकको रन जोड्न सकेनन्। ललित राजव‌ंशी नट आउट रहे। पहिलो विकेट युएईसँग भइरहेको पहिलो एकदिवसीय खेलमा नेपाललाई झट्का लागेको छ। टस हारेर ब्याटिङमा उत्रिएको नेपालका उपकप्तान ज्ञानेन्द्र मल्ल शुन्य रनमा आउट भएका छन्। खेलको चौथो बलमा ओपनर ज्ञानेन्द्र आउट भएका हुन्। ज्ञानेन्द्रलाई मोहम्मद नाविदले आउट गरेका हुन्। उनलाई नाविदको बलमा किपरले क्याच गरेर आउट गरेका हुन्। अहिले ज्ञानेन्द्रको ठाउँमा कप्तान पारस खड्का आएका छन्। विनोद भण्डारी र पारस खड्का क्रिजमा रहेका छन्। दोस्रो विकेट युएईविरुद्ध खेलिरहेको नेपाललाई दोस्रो झट्का लागेको छ। युएईमा भइरहेको नेपालको पहिलो एकदिवसीय खेलमा दोस्रो विकेटका रूपमा विनोद भण्डारी आउट भएका हुन्। टस हारेर ब्याटिङमा उत्रिएको नेपालको पहिलो विकेटका रूपमा उपकप्तान ज्ञानेन्द्र मल्ल शुन्य रनमा आउट भएका थिए। विनोद भने ६ रनमा आउट भएका हुन्। उनको विकेट पनि नावीले नै लिएका हुन्। यसअघि ओपनर ज्ञानेन्द्र मल्ललाई पनि नाविदले नै आउट गरेका थिए। ज्ञानेन्द्रलाई मोहम्मद नाविदले आउट गरेका थिए। उनलाई नाविदको बलमा किपरले क्याच गरेर आउट गरेका थिए। नेपालको १७ रनको अवस्थामा विनोद आउट भएका हुन्। तेस्रो विकेट युएइविरुद्धको एक दिवसीय क्रिकेट श्रृंखलाको पहिलो खेल अन्तर्गत नेपालको तेस्रो विकेट पनि गएको छ। नेपाली टिमका कप्तान पारस खड्का २० रन बनाएर आउट भएसँगै नेपालको तेस्रो विकेट पनि गएको हो। ३६ बल खेलेका खड्का २० रनमा आउट भए। उनले ३ चौकासहित २० रन जोडेका थिए। यसअघि ज्ञानेन्द्र मल्ल र विनोद भण्डारी आउट भएका थिए। अहिले क्रिजमा सोमपाल कामी र दिपेन्द्रसिंह ऐरी खेलिरहेका छन्। नेपालको चौथो विकेट पनि गयो, ऐरी रन आउट काठमाडौंः युएइविरुद्धको एक दिवसीय क्रिकेट श्रृंखलाको पहिलो खेलमा नेपालको चौथो विकेट पनि गएको छ। दिपेन्द्र सिंह ऐरी शुन्य रनमा आउट भएसँगै नेपालको चौथो विकेट पनि गएको हो। उनी दुई बल खेले। अहिले क्रिजमा सोमपाल कामी र आरिफ शेख छन्। शेखले क्रिजमा आउने वित्तिकै एक चौका हानेका छन्। नेपालको पाँचौँ विकेट पनि गयो, सोमपाल एलबिडब्लु आउट काठमाडौंः युएइविरुद्धको एक दिवसीय क्रिकेट श्रृंखलाको पहिलो खेलमा नेपालको पाँचौ विकेट पनि गएको छ। नेपालका ब्याट्सम्यान सोमपाल कामी ३० रनमा आउट भएसँगै नेपालको पाँचौँ विकट पनि पतन भएको हो। सोमपालले ४७ बल खलेका थिए। उनले ३० रन जोड्दैगर्दा ३ चौका प्रहार गरेका थिए। अहिले क्रिजमा पवन सर्राफ र आरिफ सेख खेलिरहेका छन्। नेपालको छैटौँ विकेट पनि गयो, पवन सर्राफ आउट काठमाडौंः युएइविरुद्धको एक दिवसीय क्रिकेट श्रृंखलाको पहिलो खेलमा नेपालको छैटौँ विकेट पनि गएको छ। नेपालका ब्याट्सम्यान पवन सर्राफ ४ रनमा आउट भएसँगै नेपालको छैटौँ विकट पनि पतन भएको हो। पवनले ३ बल खलेका थिए। उनले ४ रन जोड्दैगर्दा एउटा मात्रै चौका प्रहार गरेका थिए। सर्राफले राष्ट्रिय टिम बाट ओडिआइ डेब्यु पनि गरेका हुन्। नेपालको सातौँ विकेट पनि गयो, करण केसी आउट काठमाडौंः युएइविरुद्धको एक दिवसीय क्रिकेट श्रृंखलाको पहिलो खेलमा नेपालको सातौँ विकेट पनि गएको छ। नेपालका ब्याट्सम्यान करण केसी ३ रनमा आउट भएसँगै नेपालको सातौँ विकेट पनि पतन भएको हो। करणले ८ बल खेलेका थिए। अहिले क्रिजमा आरिफ सेख र बसन्त रेग्मी छन्। बसन्त रेग्मी शून्य रनमा आउट, आठौँ विकेट पतन काठमाडौंः युएइविरुद्धको एक दिवसीय क्रिकेट श्रृंखलाको पहिलो खेलमा नेपालको आठौँ विकेट पनि पतन भएको छ। क्रिजमा आएका बसन्त रेग्मी शून्य रनमा आउट भए। बसन्तले ४ बल खेलेका थिए। अहिले क्रिजमा आरिफ सेख र सन्दीप लामिछाने खेलिरहेका छन्। नबौँ विकेट गयो, आरिफ शेख आउट युएइविरुद्धको एक दिवसीय क्रिकेट श्रृंखलाको पहिलो खेलमा नेपालको नबौँ विकेट पनि पतन भएको छ। क्रिजमा आएका आरिफ शेख २४ रनमा आउट भए। दशौँ विकेट सन्दीप लामिछाने १५ रन बनाएर आउट भएसँगै नेपालको १० औँ विकेट गएको छ। ललित राजवंशी नटआउट रहे।

प्रकाशित मिति : ११ माघ २०७५ शुक्रबार ००:००  ८ : ३० बजे