५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

च्याम्पियन्स लिगमा रोनाल्डोको ह्याट्रिक, एथ्लेटिको मड्रिड ३–० ले विजयी



एजेन्सी ।
च्याम्पियन्स लिगमा रोनाल्डो सम्मिलित युभेन्टसले चमत्कार गरेको छ । घरेलु मैदानमा मंगलबार राति भएको अन्तिम १६ को दोस्रो लेगमा एथ्लेटिको मड्रिडमाथि ३–० को शानदार जित निकाल्दै इटालियन च्याम्पियन युभेन्टसले समग्रमा ३–२ को जितसहित अन्तिम ८ मा स्थान पक्का गरेको हो ।
पहिलो लेगमा २–० ले पराजित भएपछि युभेन्टसको च्याम्पियन्स लिग यात्रा लगभग टुंगियो भनिरहेका मंगलबार राति अप्रतयासित नतिजा निस्कियो । यसको लागिस्टार स्ट्राइकर क्रिष्टियानो रोनाल्डोले ह्याट्रिक गरे । पहिलो हाफमा एक गोल गरेका रोनाल्डोले दोस्रो हाफमा दुई गोल गरेका हुन् । २७ औँ मिनेटमा रोनाल्डोको गोलबाट युभेन्टसले अग्रता लियो । ४९ औँ मिनेटमा उनले व्यक्तिगत दोस्रो गोल गरेपछि युभेन्टसले दोस्रो लेगमा २–० को अग्रता लियो भने समग्रमा २–२ को बराबरी बनायो ।
खेलको अन्तिम समयतिर युभेन्टसले पेनाल्टी पायो । ८६ औँ मिनेटमा पाएको पेनाल्टीमा रोनाल्डोले गोल गर्दै ह्याट्रिक पूरा गरे । रोनाल्डोको ह्याट्रिकले युभेन्टस समग्रमा ३–२ ले विजयी भयो र अघिल्लो चरणमा स्थान पक्का गर्न सफल भयो । रोनाल्डोले च्याम्पियन्स लिगमा गरेको गोलको संख्या १२४ पुगेको छ । उनले ८ पटक ह्याट्रिक गरेका छन् ।
रोनाल्डो पछिल्लो पाँच सिजनमा चारपटक च्याम्पियन्स लिग फुटबलको उपाधि उचालेपछि यो सिजनको सुरुमा रियल मड्रिडबाट युभेन्टसमा अनुबन्धित भएका हुन् । ४९ औँ मिनेटमा हेड मार्फत गोल गरेर समग्रमा बराबरी गरेका रोनाल्डोले अन्तिम समयतिर पाएको पेनाल्टीमा गोल गर्दै आवश्यक जित दिलाए ।

प्रकाशित मिति : २९ फाल्गुन २०७५ बुधबार ००:००  २ : २७ बजे