५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

साफ महिला च्याम्पियनसिप फुटबलः भारत भर्सेज माल्दिभ्स



काठमाण्डौ ।
साफ महिला च्याम्पियनसिप फुटबल अन्तर्गत बुधबार माल्दिभ्सले चारपटकको विजेता भारतको सामना गर्दैछ । प्रतियोगिता अन्र्तगत पहिलोपटक नेपाली भूमिमा प्रतिस्पर्धा गरिरहेको भारतलाई उपाधि दाबेदारको रुपमा हेरिएको छ ।
भारतले सन् २०१० मा प्रतियोगिता सुरुवात भएदेखि उपाधिमा कब्जा जमाउँदै आएको छ यसपटक पनि उपाधि उचाल्ने लक्ष्यका साथ नेपाल आएको भारतकी प्रशिक्षक मेमोल रोकीले बताइन् ।
दक्षिण एसियामा बलियो टोली मानिएको भारतविरुद्ध आफू सशक्त रुपमा प्रस्तुत हुने माल्दिभ्सका प्रशिक्षक मोहम्मद आतिफले बताएका छन् । यद्यपि भारत केही महिना अघि घरेलु मैदानमा आयोजित हिरो वुमन्स कपमा भने तेश्रो स्थानमा रहँदै उपाधिबाट विमुख भएको थियो ।
साफमा माल्दिभ्सले पहिलो संस्करणमा अफ्गानिस्तान विरुद्ध समान दुई गोलको बराबरी खेलेको थियो । तीन खेल खेलेको माल्दिभ्सले बाँकी दुई खेलमा भने पराजय व्यहोरेको थियो ।
त्यसैगरि दोश्रो संस्करणमा पनि नेपाल र पाकिस्तानसँग हार ब्यहोरेको माल्दिभ्सले अफगानिस्तानलाई समान एक गोलको बराबरीमा रोकेको थियो । भारतविरुद्ध तेश्रो संस्करणमा भिडेको माल्दिभ्सले समूहचरणको खेलमा ८–० को हार ब्यहोरेको थियो ।
त्यसैगरि चौथो संस्करणमा भने माल्दिभ्स अन्तिम चारमा पुगेको थियो। अन्तिम चारमा बंगलादेशसँग ६–० को अन्तरले पराजित भएको थियो ।

प्रकाशित मिति : २९ फाल्गुन २०७५ बुधबार ००:००  ४ : २९ बजे