२७ मंसिर २०८२, शनिबार | Sat Dec 13 2025

साफ महिला फुटबलः माल्दिभ्सविरुद्ध भारत ६–० गोलले विजयी



विराटनगर ।
मंगलबारदेखि विराटनगरको सहिद रंगशालामा सुरु साफ महिला च्याम्पियन्सिप फुटबल प्रतियोगितको दोस्रो दिनको खेलमा भारतले माल्दिभ्सविरुद्ध ६(० को फराकिलो जित निकालेको छ।
भारतले सुरुमै आक्रमक प्रदर्शन गर्दै पहिलो हाफको १४ मिनेटमित्र तीन गोलको अग्रता बनाएको थियो । भारतका लागि पहिलो गोल खेलको आठौँ मिनेटमा ग्रासेई दाङ्गमैईले गरिन् ।
पहलो गोल गरेको पाँच मिनेट नबित्दै भारतका लागि स्विटी देवीले अर्को गोल थप्दै अग्रता २(० मा र्पुयाइन् । त्यसपछि भारतका लागि खेलको २३ औँ मिनेटमा इन्दुमतिले गोल गर्दै अग्रता ३(० मा र्पुयाएकी थिइन् ।
त्यसपछि भारतका लागि खेलको २७ औँ मिनेटमा सञ्जुले अर्को व्यक्तिगत गोल थप्दै ४(० को अग्रता दिलाइन् । भारत यतिमै रोकिनेवाला थिएन ।
उसका लागि पहिलो हाफमा पाँचौ गोल पहिलो हाफको इन्जुरी समयमा रतन्वाला देवीले गरिन् । भारतले दोस्रो हाफमा अर्को गोल थप्यो । उसका लागि खेलको ८९ औँ मिनेटमा सञ्जुले व्यक्तिगत दोस्रो तथा टिमका लागि छैटौँ गोल थपेपछि भारतले फराकिलो जित निकाल्यो ।
मंगलबार भएको उद्घाटन खेलमा नेपाले भुटानलाई ३(० गोलअन्तरले पराजित गरेको थियो । प्रतियोगिता अन्तर्गत बिहीबार भुटान र बंगलादेश भिड्ने भएका छन् ।
महिला साफ च्याम्पियन्सिपमा भारत चार पटकको च्याम्पियन हो । यो पटक नेपाली चेलीहरुको टिमलाई पनि उपाधि दाबेदार मानिएको छ ।

प्रकाशित मिति : २९ फाल्गुन २०७५ बुधबार ००:००  ११ : ५२ बजे