५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

साफ महिला च्याम्पियन्सीपः आज श्रीलंका र माल्दिभ्स भिड्दै



मोरङ । 

विराटनगरमा जारी साफ महिला च्याम्पियन्सीप फुटबल अन्र्तगत शुक्रबार समूह बीको दोश्रो खेल हुनेछ।पहिलो खेलमा हार ब्यहोरेको माल्दिभ्सले दुइपटक सेमीफाइनलको यात्रा तय गरिसकेको श्रीलंकाको सामना गर्नेछ। जारी प्रतियोगितामा रहिरहनका लागि माल्दिभ्सका लागि श्रीलंकाविरुद्धको खेलमा जित आवश्यक छ। पहिलो खेलमा माल्दिभ्स चारपटकको विजेता टोली भारतसंग ६ शुन्यले पराजित भएको थियो।

सो खेलमा माल्दिभ्सले हार ब्यहोरे प्रतियोगिताबाट घर फर्कने दोश्रो टोली बन्नेछ। साफको पाचौं संस्करणसम्म आइपुग्दा माल्दिभ्सले कुल १३ वटा खेल खेलेको छ। जसमा ३ जित दुइ बराबरी र ७ वटा हार ब्यहोरेको छ।पछिल्लोसमय महिला फुटबलमा दरिलो बन्दै गएको माल्दिभ्सको टोली गत संस्करणमा सेमीफाइनलसम्म पुगेको थियो। सो खेलमा साफको साविक विजेता भारतसंग ६ शुन्यले पराजित भएको थियो। अर्कोतर्फ श्रीलंकाले साफमा दुइ पटक अन्तिम चारको यात्रा तय गरेको छ।

२०६८ सालमा घरेलु मैदानमा सम्पन्न दोश्रो साफमा श्रीलंकाले पहिलोपटक अन्तिम चारको यात्रा तय गरेको थियो। सो प्रतियोगितामा श्रीलंका नेपालसंग ३ शुन्यले पराजित भएको थियो।त्यसैगरी, २०७० सालमा पाकिस्तानमा आयोजित तेश्रो साफमा श्रीलंकन टोलीले अन्तिम चारमा स्थान पक्का गरेको थियो। सो प्रतियोगितामा श्रीलंका भारतसंग ५ शुन्यको फराकिलो अन्तरले हार ब्यहोर्न बाध्य बनेको थियो। श्रीलंकाले हालसम्म साफमा १४ वटा खेल खेलेको छ। जसमा ५ वटा भित, १ बरावरी र ८ वटामा हारको सामना गरेको छ।

प्रकाशित मिति : १ चैत्र २०७५ शुक्रबार ००:००  २ : ०४ बजे