५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

चेल्सीको शानदार जितमा ओलिभरको ह्याट्रिक, क्वार्टरफाइनलमा प्रवेश



एजेन्सी ।

यूईएफए युरोपा लिगमा चेल्सी क्वार्टरफाइनलमा प्रवेश गरेको छ । बिहीबार राति भएको प्रिक्वार्टरफाइनलको दोस्रो लेगमा डाइनामो किभलाई ५–० ले हराउँदे समग्रमा आठ शून्यको जितकासाथ क्वार्टरफाइनलमा स्थान बनायो ।

पहिलो लेगमा तीन शुन्यको जित निकालेको चेल्सीलाई दोस्रो लेगमा प्रभावशाली जित दिलाउन ओलिभर जिरुडले ह्याट्रिक गरे । खेलको ५ औं मिनेटमा पहिलो गोल गरेका जिरुडले ३३ औं मिनेटमा दोस्रो गोल थपे । पहिलो हाफको इन्जुरी समयको पहिलो मिनेटमा मार्कोस अलान्सोको गोल मार्फत चेल्सीले तीन शून्यको अग्रता बनायो ।

त्यसपछि ५९ औं मिनेटमा जिरुडले गोल गर्दै ब्यक्तिगत ह्याट्रिक पुरा गरे भने टिमलाई चार शुन्यले अगाडी राखे । ७८ औं मिनेटमा हुडसोन ओडोइले टिमका लागि पाँचौ गोल गरे ।

जितपछि चेल्सीका प्रशिक्षक माउरीजियो सारीले क्वार्टरफाइनलमा आफ्नो टिम नापोलीसँग खेल्न इच्छुक नभएको बताए । सारीको पूर्व क्लव नापोलीबाहेक जुनसुकै क्लवसँग खेल्न टिम तयार रहेको उनको धारणा थियो ।

प्रकाशित मिति : १ चैत्र २०७५ शुक्रबार ००:००  २ : १३ बजे