५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

विश्वकपभन्दा कम नहुने भो क्लव वर्ल्डकप



एजेन्सी ।
विश्व फुटबलको प्रशासकीय निकाय फिफाले क्लब वर्ल्डकपमा सहभागी हुने टिमको संख्या बढाएको छ ।युरोपियन क्लबले बहिष्कार गर्ने चेतावनी दिए पनि फिफाले सन् २०२१ देखि लागु हुने गरि २४ टिमसहितको क्लब वर्ल्डकप गर्ने सम्बन्धी प्रस्ताव पारित गरेको हो ।

नयाँ प्रतिस्पर्धामा युरोपबाट ८ सहित समग्रमा २५ टिम हुने छन् । यो प्रतिस्पर्धा हरेक चार वर्षमा हुनेछ र जुनदेखि जुलाई महिनामा प्रतिपस्र्धाका खेल हुनेछन् । अहिले विश्वकप फुटबलको वार्मअपको रुपमा लिइँदै आएको कफेडेरेसन कपको समय क्लब वर्ल्ड कपमा प्रयोग हुनेछ ।

फिफाका अध्यक्ष जियानी इन्फान्टिनोले फिफा काउन्सिलले आफ्नो प्रस्तावको पक्षमा मत दिएकोमा निकै खुशी लागेको बताएका छन् । अब विश्वले साँचो अर्थमा क्लब वर्ल्ड कप हेर्न पाउने र क्लबहरुले वास्तवमै विश्व च्याम्पियन बन्नका लागि प्रतिस्पर्धा गर्ने उनले बताएका छन् ।

अहिले क्लब वर्ल्डकप हरेक वर्षको डिसेम्बरमा हुँदै आएको छ र यसमा ६ महादिपबाट सात क्लबको सहभागिता रहन्छ । अहिलेसम्म क्लब वर्ल्डकप त्यति चासोमा पर्ने गरेको छैन ।

नयाँ संरचनाको क्लब वर्ल्डकपमा युरोपबाट ८, दक्षिण अमेरिकाबाट ६ तथा अफ्रिका, एसिया र उत्तर तथा मध्य अमेरिकाबाट तीन–तीन एवम् ओसिएनाबाट एक टिमको सहभागिता हुनेछ ।

प्रकाशित मिति : २ चैत्र २०७५ शनिबार ००:००  १ : १९ बजे