४ जेष्ठ २०८१, शुक्रबार | Fri May 17 2024

साफ महिला च्याम्पियन्सीपमा आज नेपालले बंगलादेशको सामना गर्दै



मोरङ ।
विराटनगरमा जारी साफ महिला च्याम्पियन्सीप अन्तर्गत शनिबार बंगलादेशले आयोजक राष्ट नेपालको सामना गर्दैछ।शहिद रंगशालामा हुने खेलमा दुवै टोली समूह विजेता बन्ने होडमा रहनेछन्। समूह ए मा रहेको दुवै टोलीले यसअघिको खेलमा भुटानलाई पराजित गर्दै समान ३ अंक जोडेकाछन्। दुवै खेलमा पराजित भुटान भने प्रतियोगिताबाट बाहिरिसकेको छ। साफको तीन पटक उपविजेता बनिसकेको नेपालले बंगलादेशविरुद्धको खेलमा कुनै दबाव नरहेको जनाएको छ।

नेपाली टोलीका मुख्य प्रशिक्षक हरि खड्काले बंगलादेशविरुद्ध नेपाली टोलीको रेकर्ड राम्रो रहेको बताउनु भयो ।

बंगलादेशबाट सुरु भएको साफको पाचौं संस्करणसम्म आइपुग्दा बंगलादेश र नेपालबीच दुइ पटक भीडन्त भएको छ। जसमा गोर्खाली टोलीले बंगाल टाइगरलाई दुवैपटक पराजित गर्न सफल भएको छ।

फिफा महिला वरियताको १ सय २५ औं स्थानमा रहेको बंगलादेशले साफमा कुल १६ वटा खेलमा सहभागिता जनाएको छ। जसमा ८ जित, १ बराबरी र ७ हार रहेको छ। त्यसैगरि, नेपाली टोलीले कुल २० खेलमा १६ मा जित र ४ मा हार ब्यहोरेको छ।

त्यसैगरि नेपालले पछिल्लो पाँचवटा अन्र्तराष्टिय खेलमा ३ मा जित २ मा हार ब्यहोरेको छ। नेपालले भारतमा आयोजित वुमन्स गोल्डकप इरानलाई ३ शुन्य, भारतलाई १ का विरुद्ध २ र साफमा भुटानलाई तीन शुन्यले पराजित गरेको छ।

त्यसैगरी, वुमन्म गोल्डकपमै म्यानमारसंग भने पहिलो खेलमा ३ शुन्य र उपाधी भिडन्तमा १ का विरुद्ध ३ गोलले पराजित भएको थियो। त्यसैगरी बंगलादेशले पछिल्लो पाँच अन्र्तराष्टिय खेलमा ३ मा जित २ मा हार ब्यहोरेको छ।

नेपालका प्रशिक्षक खड्काले बंगलादेशका केही महत्वपूर्ण खेलाडीविरुद्ध रणनीति बुनिरहेको बताएकाछन्। केही खेलाडी राम्रो रहेको छ बंगलादेश टोलीको हामीले मार्क गरेकाछौ, उनले भने ।त्यसै अनुरुप टोलीको संरचनामा केही तलमाथि हुने संकेत प्रशिक्षक खड्काले गरे।

नेपाली टोलीको भर पुनः एकपटक अनुभवी कप्तान निरु थापामाथि रहने देखिएको छ। ३६ क्याप जितेकी निरुले हालसम्म ११ गोल गरिसकेकीछिन्। त्यसैगरी, टोलीमा अनुभवी स्ट्राइकर सावित्रा भण्डारीपनि महत्वपूर्ण हतियारका रुपमा रहनेछिन्।

अर्कोतर्फ केही समयअघि भुटानमा आयोजित १८ वर्षमूनिको खेलमा सनसनी मच्चाएकी रेखा पौडेल दोश्रो अन्र्तराष्टिय खेलका लागि मैदानमा उत्रिनेछिन्। पौडेल इटहरी निवासी हुन्।

प्रकाशित मिति : २ चैत्र २०७५ शनिबार ००:००  १ : २७ बजे