५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

डुँगहवामा सञ्चालन हुने फुटवल प्रतियोगिताको तयारी पूरा



मायादेवी अनलाइन, वाणगंगा ।
कपिलवस्तुको बाणगंगा ४ डुँगहवामा आइतबारदेखि वडास्तरीय नक आउट फुटवल प्रतियोगिता सुरु हुँदै छ । बाणगंगा वडा नम्बर ४ को आयोजनामा हुन लागेको प्रतियोगितामा वडा नम्बर ४ बाट ५ र नगर बाहिरबाट ३ टिम गरी ८ टिमले प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगिताको आइतबार दिउँसो ३ बजे नगरप्रमुख मंगलप्रसाद थारुले उद्घाटन गर्नुहुने कार्यक्रम रहेको शनिबार आयोजना गरिएको पत्रकार सम्मेलन मार्फत् जानकारी गराइएको छ ।
पत्रकार सम्मेलनमा वडाध्यक्ष गणेश क्षत्रीले युवा लक्षित खेल कार्यक्रम अन्तर्गत प्रतियोगिता आयोजना गरिएको बताउनुभयो । शनिबारको उद्घाटन खेलमा सनराइज मोतिपुर र गजेहडा युवा क्लवले प्रतिस्पर्धा गर्ने छन् ।
वडाध्यक्ष क्षेत्रीले प्रत्येक टिममा ६ जना खेलाडी बाहिरबाट ल्याउन सक्ने गरी क्लवहरुलाई पत्राचार गरिएको बताउनुभयो । बाहिरबाट समावेश भएका खेलाडीबाट जिल्लाका खेलाडीले थप नयाँ कुरा सिक्न सकून भनेर प्रत्येक टिममा ६ जना राष्ट्रिय अन्र्तराष्ट्रिय जुनसुकै खेलाडी समावेश गर्न सकिने गरी व्यवस्था मिलाइएकोे उहाँले बताउनुभयो ।
प्रतियोगिताको विजेताले नगद ७५ हजार शिल्ड मेडल र प्रमाण पत्र र दोश्रो हुने टिमले ५५ हजार शिल्ड मेडल र प्रमाण पत्र पाउनेछ । प्रतियोगिता सम्पन्न गर्न ३ लाख भन्दा बढी खर्च हुने अनुमान गरिएको सिद्धिपुर टोल विकास समितका सचिव तथा कार्यक्रम संचालक दिनेश क्षेत्रीले बताउनुभयो । हरेक खेलमा उत्कृष्ट खेल प्रदर्शन गर्ने खेलाडीलाई म्यान अफ दि म्याचको पुरस्कार दिने व्यवस्था गरिएको खेल संयोजक शुशिल सिँह ठकुरीले जानकारी दिनुभयो । प्रतियोगिता चैत्त ८ गते समापन हुने छ ।
प्रतियोगितामा सनराइज मोतिपुर, गजेहडा युवा क्लव, मुहान क्लव झुँगा, नव दुर्गा भवानी चप्परगाउँ, वाणगंगाा स्पोर्टस् एण्ड वेलफेयर ४ नम्बर, लव नेपाल पिपरा, शान्ति दिप डुँङ्गहवा र नवप्रभात मोतिपुरले सहभागिता जनाएका छन् । यस लगत्तै मेयर कप हुन लागेकाले त्यसको लागि खेलाडी पहिचान गर्न पनि प्रतियोगिता पलदायी हुने आयोजकले अपेक्षा लिएको छ ।

प्रकाशित मिति : २ चैत्र २०७५ शनिबार ००:००  १ : ४४ बजे