५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

जिदानको पुनरागमनलगत्तै रियल मड्रिडको चमत्कार सुरु



एजेन्सी ।
पूर्व प्रशिक्षक जिनेदिन जिदानको पुनरागमनलगत्तै स्पेनिस क्लव रियल मड्रिडले चमत्कार सुरु गरेको छ । दोस्रो कार्यकाल सम्हालेको पहिलो खेलमा लय विग्रिएको रियल मड्रिडलाई जिदानले लयमा ल्याएका छन् । जिदानको दोश्रो कार्यकालको पहिलो खेलमा रियलले सेल्टा डि भिगोलाई २–० ले हराउन सफल भएको छ ।

सान्टियागो बर्नाबाउमा भएको खेलमा पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । दोस्रो हाफमा रियलले दुई गोल गर्यो। ६२औं मिनेटमा इस्कोले गोल गर्दै रियललाई अग्रता दिलाएका थिए । उनले करिम बेन्जेमाको पासमा गोल गरेका थिए ।
७७औं मिनेटमा ग्यारेथ बेलले गोल गर्दै रियललाई दुई गोलको अग्रता दिलाए । उनले मार्सेलोको पासमा गोल गरेका थिए ।
जितसँगै रियलले २८ खेलबाट ला लिगाको तालिकामा ५४ अंक बनाएको छ । एक खेल कम खेलेको बार्सिलाना ६३ अंकसहित शीर्ष स्थानमा छ । दोस्रो स्थानमा रहेको एटलेटिको मड्रिडको ५७ अंक रहेको छ । सेल्टा भने २५ अंकसहित रेलिगेसन जोनमा छ ।
पहिलो कार्यकालमा जिदानले रियलको लागि च्याम्पियन्स लिग लगायतका उपाधी चुमाएका थिए । जिदान आए पनि रियलले यस बर्षको लागि महत्वपूर्ण उपाधिहरु गुमाइसकेको छ । जिदानले स्टार खेलाडीहरुलाई भित्राउन पनि मनग्यै खर्च गर्ने तयारी गरेको छ ।

प्रकाशित मिति : ३ चैत्र २०७५ आइतबार ००:००  १२ : ३४ बजे