५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

म्यानचेस्टर सिटीको संघर्षपूर्ण जित, सेमिफाइनलमा स्थान पक्का



एजेन्सी ।
तुलनात्मक रुपमा कमजोर रहेको टिम स्वान्सी सिटीमाथि संघर्षपूर्ण जित निकाल्दै म्यानचेस्टर सिटीले एफए कपको सेमिफाइनलमा स्थान पक्का गरेको छ ।
क्वाटरफाइनल अन्तर्गत शनिबार राति भएको खेलमा पहिलो हाफमा दुई गोलले पछि परेको अवस्थालाई उल्ट्याउँदै पेप गार्डिवलाको टिम म्यानचेस्टर सिटीले जित दर्ता गरेको हो ।
म्यानचेस्टर सिटी आफ्ना खेलाडीले गरेको दुई तथा पाएको एक उपहार गोलको सहयोगमा स्वान्सी सिटीमाथि ३–२ को जित निकाल्दै अन्तिम चारमा पुगेको हो ।
२० औँ मिनेटमा पाएको पेनाल्टीमा म्याट ग्राइम्सले गोल गर्दै स्वान्सीलाई सुरुवाति अग्रता दिलाए । २९ औँ मिनेटमा बर्सान्त सेलिनाले गोल गरेपछि पहिलो हाफमा स्वान्सीले २–० को अग्रता बनायो ।


म्यानचेस्टर सिटी दोस्रो हाफमा खेलमा फर्कियो । उसका लागि ६९ औँ मिनेटमा बर्नार्डो सिल्भाले गोल गरे । ७८ औँ मिनेटमा स्वान्सीका गोलरक्षक क्रिष्टोफर नोर्डफेल्ड्टले जोगाउने प्रयासमा आफ्नै पोस्टमा गोल गरे ।
८८ औँ मिनेटमा सर्जियो अग्युरोले सिटीका लागि विजयी गोल गरे । अग्युरोको गोलले म्यानचेस्टर सिटीको सेमिफाइनल यात्रा तय गरेको हो । अग्युरोको गोलमा केही विवाद भएको थियो । तर त्यहि गोलले टिम विजयी भयो ।


अर्को खेलमा क्रिष्टल प्यालेसलाई २–१ ले हराउँदै वाट्फोर्डले पनि एफए कपको सेमिफाइनलमा स्थान पक्का गरेको छ ।

प्रकाशित मिति : ३ चैत्र २०७५ आइतबार ००:००  २ : ३७ बजे