२६ बैशाख २०८१, बुधबार | Wed May 8 2024

लेस्टर सिटीको प्रभावशाली जित



एजेन्सी ।
खेलको सुरुमै १० खेलाडीमा सीमित भएको लेस्टर सिटीले इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत शनिबार राति भएको खेलमा प्रभावशाली जित निकालेको छ ।
खेलको सुरुवात गोलबाट नभई रातो कार्डबाट भए पनि अन्त्य जितसहित गरेको हो । अवे मैदानमा भएको खेलमा चौथो मिनेटमा ह्यारी मग्वायर सीधै रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि लेस्टर सिटी १० खेलाडीमा सीमित भयो ।


ह्यारीले बनर्लीका योहान बेर्ग गुडमुन्डसनलाई लडाए । गोलका लागि अगाडि बढेका योहानलाई लडाएकाले ह्यारीले रातो कार्ड पाएका हुन् ।
३३ औँ मिनेटमा जेम्स म्याडिसनले गोल गर्दै लेस्टरलाई सुरुवाति अग्रता दिलाए । ३८ औँ मिनेटमा घरेलु टोली बर्नलीका लागि ड्वाइट म्याकनिलले बराबरी गोल गरे ।
लेस्टर सिटीका लागि ९० औँ मिनेटमा वेस मोर्गानले विजयी गोल गरे । जितपछि १० औँ स्थानको लेस्टर सिटीको ३१ खेलबाट ४१ अंक भएको छ ।


यस्तै शनिबार राति नै भएको खेलमा वेष्ट ह्यामले हडर्ल्सफिल्ड टाउनलाई ४–३ ले हरायो भने बोर्नमाउथ र न्युक्यासलले २–२ को बराबरी खेलेका छन् ।

 

प्रकाशित मिति : ३ चैत्र २०७५ आइतबार ००:००  २ : ४४ बजे