२६ बैशाख २०८१, बुधबार | Wed May 8 2024

भारतसामू श्रीलंका निरिह, ५–० गोलले पराजित



मोरङ ।
विराटनगरमा जारी साफ महिला च्याम्पियन्सीप अन्तर्गत समूह चरणको अन्तिम खेलमा भारत श्रीलंकाविरुद्ध ५–० गोल गर्दै जित हासिल गरेको छ । भारतका लागि पहिलो गोल खेलको ४ मिनेटमै ११ नम्बरकी ग्रेस डाङमेइले गरिन् भने दोस्रो गोल २३ नम्बरकी खेलाडि सन्धिया रङगनाथानले गरिन् । यस्तै इन्दुमाथि काथिरेसनले खेलको ३६ औ मिनेटमा गोल गर्दै भारतलाई तेस्रो गोल दिलाएकी थिइन् ।
खेलमा घमासान हुँदै गर्दै अर्की खेलाडी संगीता बासफोरेले भारतलाई चौथो गोल दिलाइन् भने रतनवाला देवी नुइबाथेमले पाँचौ गोल गर्न सफल भइन् । भारतीय प्रशिक्षक मेमोल रोकीले टोलीको लक्ष्य उपाधि जित्नुनै रहेको बताएकीछिन् ।
साफको पाँचौ संस्करणसम्म आइपुग्दा भारतले कुल २० खेल खेलेको छ । जसमा १९ मा जित र एक मा बराबरी गरेको छ । यसअवधिमा १ सय २० गोल गरेको छ भने ५ गोल आत्मसात गरेको छ । फिफा वरियतामा ६२ औं स्थानमा रहेको भारतले यसअघि पहिलो खेलमा माल्दिभ्सलाई ६ शून्यको फराकिलो अन्तरले पराजित गरेको थियो ।

प्रकाशित मिति : ३ चैत्र २०७५ आइतबार ००:००  १२ : १४ बजे