२६ बैशाख २०८१, बुधबार | Wed May 8 2024

डुँगहवामा फुटवल प्रतियोगीता सुरु, गजेहडाको विजयी सुरुवात



मायादेवी अनलाइन, वाणगंगा ।
प्रगतिशिल युवा क्लव गजेहडाले बाणगंगा नपा वडा नं. ४ मा आइतबारबाट सुरु भएकोे फुटवल प्रतियोगितामा विजयी सुरुवात गरेको छ । निकै प्रतिस्पर्धात्मक खेलमा गजेहडाले सनराइज मोतीपुरलाई २–१ गेल अन्तरले पराजित गरी विजयी सुरुवात गरेको हो ।
गजेहडाले १ गोल पहिलो हाफको अन्त्यतिर र दोस्रो गोल दोश्रो हाफमा गर्यो । मोतिपुरले गोल गर्ने अवसर पाए पनि खेर फाल्दा दोश्रो हाफमा गरेको १ गोलमा चित्त बुझाउँदै प्रतियोगिताबाट बाहिरिएको छ । प्रतियोगितामा सोमबार २ खेल हुने संयोजक सुशील सिँह ठकुरीले जानकारी दिनुभयो । प्रतियोगितामा वडा नं. ४ बाट ५ र वडा बाहिरबाट ३ टिम गरी ८ टिमले प्रतिस्पर्धा गर्दै छन् ।
प्रतियोगिताको विजेताले नगद ७५ हजार शिल्ड मेडल र प्रमाणपत्र र दोश्रो हुने टिमले ५५ हजार शिल्ड मेडल र प्रमाण पत्र पाउनेछ । प्रतियोगिता सम्पन्न गर्न ३ लाख भन्दा बढी खर्च हुने अनुमान गरिएको सिद्धिपुर टोल विकास समितका सचिव तथा कार्यक्रम संचालक दिनेश क्षेत्रीले बताउनुभयो ।
हरेक खेलमा उत्कृष्ट खेल प्रदर्शन गर्ने खेलाडीलाई म्यान अफ दि म्याचको पुरस्कार दिने व्यवस्था गरिएको खेल संयोजक शुशिल सिँह ठकुरीले जानकारी दिनुभयो । प्रतियोगिता चैत्त ८ गते समापन हुने छ ।

प्रकाशित मिति : ३ चैत्र २०७५ आइतबार ००:००  १ : ४७ बजे