२६ बैशाख २०८१, बुधबार | Wed May 8 2024

लिभरपुलको फुलह्याममाथि महत्वपूर्ण जित



एजेन्सी ।
रेलिगेशनमा पर्ने लगभग निश्चित भएको फुलह्याममाथि महत्वपूर्ण जित निकाल्दै लिभरपुल शीर्षस्थानमा उक्लिएको छ ।
इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत आइतबार राति अवे मैदानमा भएको खेलमा लिभरपुलले फुलह्यामलाई २–१ ले हराएको हो । लिभरपुलको जितमा साडिओ माने र जेम्स मिल्नरले एक एक गोल गरे ।
फुलह्यामका लागि बाबेलले एक गोल फर्काए । २६ औँ मिनेटमा मानेले गरेको गोलबाट लिभरपुलले सुरुवाति अग्रता लियो । पहिलो हाफमा १–० ले पछि परेको फुलह्यामका लागि ७४ औँ मिनेटमा बाबेलले बराबरी गोल फर्काए ।

तर ८१ औँ मिनेटमा लिभरपुलले पेनाल्टी पायो । पेनाल्टीको अवसरलाई सदुपयोग गर्दै मिल्नरले टिमका लागि विजयी गोल गरे ।

जितपछि शीर्षस्थानमा फर्किएको लिभरपुलको ३१ खेलबाट ७६ अंक भएको छ । दोस्रो स्थानमा झरेको म्यानचेस्टर सिटीको ३० खेलबाट ७४ अंक छ । १९ औँ स्थानमा रहेको फुलह्यामको ३१ खेलबाट १७ अंक छ ।

प्रकाशित मिति : ४ चैत्र २०७५ सोमबार ००:००  ३ : ३७ बजे