२६ बैशाख २०८१, बुधबार | Thu May 9 2024

३६ वर्षपछि ब्राइटन सेमिफाइनलमा, अब म्यानचेस्टर सिटीसँग प्रतिस्पर्धा गर्ने



एजेन्सी ।
ब्राइटन पछिल्लो ३६ वर्षमा पहिलो पटक एफए कप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । क्वाटरफाइनल अन्तर्गत आइतबार राति भएको खेलमा मिलवाललाई टाइब्रेकरमा पराजित गर्दै ब्राइटनले अन्तिम चारमा स्थान पक्का गरेको हो ।
निर्धा्रित र अतिरिक्त समयको खेलमा २–२ को बराबरी भएपछि खेलको निर्णय टाइब्रेकरबाट लिइएको हो । टाइब्रेकरमा ब्राइटनले ५–४ को जित निकाल्यो ।
टाइब्रेकर अघिको खेलमा मलिवालका लागि ७० औँ मिनेटमा एलेक्स पियर्स र ७९ औँ मिनेटमा एडिन ओ’ब्राएनले गोल गरे । ब्राइटनका लागि जर्गेन लोकाडिएले ८८ औँ तथा सोली मार्चले इन्जुरी समयको पाँचौँ मिनेटमा गोल गरे । त्यसपछि खेल अतिरिक्त समयमा धकेलियो ।
११९ औँ मिनेटमा शन फर्ग्युशन सीधै रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि मिलवाल १० खेलाडीमा सीमित भयो । टाइब्रेकरमा मिलवाल पछि पर्दा अन्तिम चारमा पुग्ने उसको सपना टुट्यो । ब्राइटनले अब फाइनल प्रवेशका लागि म्यानचेस्टर सिटीसँग प्रतिस्पर्धा गर्ने छ ।

प्रकाशित मिति : ४ चैत्र २०७५ सोमबार ००:००  ३ : ४३ बजे